
विल तामाङ
पोखरा-फुटबलको एकेडेमी(टेर्निङ सेन्टर) खोल्ने सपना सधैंको लागि अधुरो रह्यो । हङकङबाट डेढमहिना अघि मात्रै स्वदेश फर्किएका फुटबलर एवं प्रशिक्षक विल तामाङले मंगलबार मानवचोलाबाट विश्राम लिए ।
स्वास्थ्यमा समस्या आएपछि गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको थियो । कोभिड संक्रमणले स्वासप्रश्वासमा समस्या भएपछि तामाङ गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको सहारा क्लब पोखराले जनाएको छ । उनकै सक्रियतामा सहारा क्लब हङकङ समेत गठन गरिएको थियो ।
उनको निधनले फुटबल क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । सहारा क्लबले भने क्लबमाथि ठूलो बज्रपात भएको जनाएको छ । ‘हङकङबाट फर्किएपछि पोखरामा फुटबल टे«निङ सेन्टर खोल्ने सपना थियो’ सहारा क्लबका पूर्व अध्यक्ष बीरभद्र आचार्यले भने–‘फुटबल प्रतिको मोहकै कारण हामीले पनि हौस्याईरहेका थियौं । भाइ(विलको) सपना हुनै पाएन् ।’ जग्गा खोज्ने सहयोग गर्न आग्रह गर्दै आएका थिए । हिम्मतिलो र आत्मविश्वासी थिए ।
२०५८ सालमा सहारा क्लबले पहिलो पटक क्याराभान गोल्डकप आयोजना गर्यो । गोल्डकपमा उनले घरेलु टोली सहारा क्लबको कप्तानी सम्हालेका थिए । क्याराभान गोल्डकप पछि विल तामाङ फुटबलको एएफसी लाईसेन्स तर्फ केन्द्रीत भए । त्यसपछि २०६० सालमा आयोजना गरिएको आहा गोल्डकपमा उनले प्रशिक्षकको भूमिका खेलेका थिए । त्यति बेला उनकै प्रशिक्षकत्वमा सहाराले सेमिफाईनल यात्रा तय गरेको थियो । उत्कृष्ट प्रशिक्षक समेत घोषित भएका थिए ।
पोखरा–१३ संगमटोलमा जन्मिएका तामाङ घरेलु क्लबबाट फुटबलको करियर शुरु गरेका थिए । नकाउट फुटबल देखि ए डिभिजन लिगसम्म उनको अनुभव रह्यो । फ्रेण्ड्स क्लबबाट उनले लामो समय व्यावसायिक फुटलब खेले । कप्तानीको समेत जिम्मेवारी सम्हालेका थिए । फ्रेण्ड्स पछि उनले आरसिटीबाट समेत व्यावसायिक फुटबल खेलेका थिए । जनकपुर चुरोट कारखानाको टिमबाट समेत व्यावसायिक फुटबल खेलेको समकक्षीहरु बताउँछन् ।
अन्तराष्ट्रिय फुटबल प्रतिस्पर्धामा भने उनको सहभागिता भने भएन् । पाकिस्तानमा आयोजना हुने नवौं साफ गेम्समा विल तामाङ नेपाली टिममा परेका थिए । यद्यपी पाकिस्तानमा त्यतिबेला खेल रद्द भएपछि उनले अन्तराष्ट्रिय सहभागिता जनाउने सौभाग्य भने प्राप्त गरेनन् । ‘फुटबलमा समकक्षी गुमाउँदा निकै पीडादायी भएको छ ।’ उनको समकक्षी राजेन्द्र तामाङ सुनाउँछन् ।
सहारा क्लब हङकङका उपाध्यक्ष समेत रहेका तामाङ डेढमहिना अघि मात्रै पोखरा आएका हुन् । एएफसी लाईसेन्सको प्रमाणपत्र लिन उनी स्वदेश फर्किएका थिए । स्वदेश फर्किएसँगै उनको पोखरा रंगशालामा नयाँ बर्षकै दिन फुटबलजर्सीमा उत्रिएका थिए । त्यो नै फुटबलमा अन्तिम सहकार्य रहेको थियो । सहारा क्लबका पदाधिकारीसँग नयाँ वर्षको अवसरमा फुटबल खेल्ने क्रममा तामाङ पनि संलग्न थिए । ४६ वर्षिय तामाङको एक छोरा, श्रीमती र ९० वर्षिय बुवा छन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…