
पोखरा-आर्थिक वर्ष २०७८/७९ को लागि खेलकुद क्षेत्रको विकास र विस्तार गर्न सरकारले २ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ ।
सरकारले खेलकुद क्षेत्रको विकास र विस्तारको लागि आगामी वर्ष पोखरा रंगशाला निर्माण कार्यलाई पुरा गर्ने योजना बनाएको छ । तीन वर्ष अघि पोखरा रंगशाला(फुटबल मैदानसहित प्यारापिट निर्माण) शुरु गरिएको थियो । एक अर्ब २८ करोडको बजेटसहित शुरु गरिएको योजना एक बर्ष कोरोना कहरसँगै काम रोकिन पुगेको थियो ।
सरकारले यसै वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने उल्लेख समेत गरेको छ ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिने छ । तीन वर्ष अघि नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापनसँगै राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी सहित झण्डा बोकेर ल्याएको थियो । आवश्यक खेलकुद पूर्वाधार निर्माणमा ध्यान दिएको दावी समेत गरेको छ । दुई वर्षभित्रमा झापाको मदन भण्डारी रंगशाला निर्माण पुरा गर्ने अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट बक्तव्य सार्वजनिक गर्दै बताए । मुस्ताङको जोमसोममा हाईअल्टिच्युड खेल मैदान निर्माण गर्ने योजना सरकारले बनाएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि पोखरामा स्वीमङ पुल तथा सुटिङ रेन्ज निर्माण गर्नुपर्ने खाँचो छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि मन्त्रालयले गण्डकी प्रदेशका विभिन्न जिल्लाका खेलकुद पूर्वाधार निर्माणको लागि २ करोड २० लाख रुपैयाँ छुट्टाएको थियो । स्वीमिङ र सुटिङ रेन्जको ५०र५० लाख रुपैयाँ भने फिर्ता भएको छ । कोरोना कहरकै कारण दुई योजना कार्यान्वयनमा ल्याउन राष्ट्रिय खेलकुद परिषदले बोलपत्र आह्वान गर्न सकेन् ।
काठमाडौंको मुलपानी, दाङ, रुपन्देही लगायतका जिल्लामा क्रिकेट रंगशाला निर्माण गरिने समेत अर्थमन्त्रीले उल्लेख गरे । तर पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नति बनाउने तर्फ भने सरकारको ध्यान गएको छैन् । गत आर्थिक वर्षको लागि सरकारले खेलकुदलाई २ अर्ब ३६ करोड छुट्टाएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…