
(प्रदेश खेलकुद परिषद लोगो)
पोखरा-गण्डकी प्रदेश खेलकुद परिषदलाई पहिलो गाँसमै ढुंगा लागेको छ । खेलकुद परिषदमा उपाध्यक्ष नियुक्तसँगै विवाद सृजना भएको हो । सामाजिक विकास मन्त्री नरदेवी पुनले आफनो पूर्व स्वकीय सचिवलाई उपाध्यक्षमा नियुक्त गरेकी थिईन् । नियुक्त भएका उपाध्यक्ष नारायण पुन भने यतिबेला बेलायतमा छन् । उनको सपथ समेत भएको छैन् । परिषद गठनको झण्डै तीन महिना पुग्यो ।
‘प्रदेश खेलकुद परिषदको उपाध्यक्ष अहिलेसम्म मैले देखेको छैन् । कस्तो हुनुहुन्छ । कहाँ हुनुहुन्छ त्यो पनि थाहा छैन् ।’ पोखरा रंगशालाभित्र प्रदेश खेलकुद परिषदको निर्माणाधिन भवनको अनुगमनको क्रममा प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले दिएको अभिव्यक्ति थियो ।
प्रदेश खेलकुद परिषद गठन भएको तीन महिनाका पुग्दा समेत उपाध्यक्षको भौतिक उपस्थिति छैन् । तेजबहादुर गुरुङलाई परिषदको सदस्य सचिव नियुक्त गरियो । परिषदको अध्यक्ष स्वयं युवा तथा खेलकुद मन्त्री हुन् । तत्कालिन सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेश खेलकुद परिषद गठन गरेको थियो । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी नरदेवी पुनको काँधमा थियो । मन्त्री पुन पनि म्याग्दीकै हुन् । उपाध्यक्ष आफनै गृहजिल्लाका नारायण पुनलाई नियुक्त गरिएको हो । नियुक्त भएका पुन बेलायतमा छन् ।
‘मन्त्री ज्यूले सार्वजनिक अभिव्यक्ति दिए झैं गण्डकी खेलकुद परिषदको उपाध्यक्ष देखेका छैनौं ।’ युवा तथा खेलकुद मन्त्री गुरुङका स्वकीय सचिव रोनित गुरुङले भने–‘यतिबेला उहाँ हामीसँगै हुनुपर्ने थियो । तर उपाध्यक्ष देख्या छैन् । आफैं कन्फ्युज छौं ।’ अध्यक्ष पछिको पदीय दायित्व उपाध्यक्षको हुन्छ । तर खेलकुदको विषयमा नियमित छलफलमै रहँदा उपाध्यक्षको अनुपस्थितिले कस्तो व्यक्तिलाई उपाध्यक्ष बनाएको भन्ने प्रश्न उठन थालेको स्वीकय सचिव गुरुङको भनाई थियो ।
मन्त्री गुरुङले उपाध्यक्ष पुनसँग गैर आवासीय नेपाली रहेको पाईए उनलाई उपाध्यक्षबाट निष्कासन गर्नुपर्ने समेत बताएका थिए ।
उपाध्यक्ष बनाईएका पुनले सपथ लिएका छैनन् । सपथ नै नलिदाँ खेलकुद परिषदले अझै पूर्णता पाउन सकेको छैन् । गठनले पूर्णता पाएपनि उनको सपथ विना कार्यभार सम्हाल्ने अवसर भने उनले पाउँदैनन् । उपाध्यक्षको अनुपस्थितिले परिषदका अन्य पदाधिकारीसँग समेत परिचय हुन सकेको छैन् । राजनैतिक सम्बन्धकै कारण पदीय जिम्मेवारी तोकिने प्रवृत्ति खेलकुद क्षेत्रमा नयाँ भने होईन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…