
काठमाडौं-कोरोना भाइरस (कोभिड– १९) को नियन्त्रण र रोकथामका लागि गरिएको निशेधाज्ञाका कारण समस्यामा परेका सुकुम्वासी परिवारलाई राहत स्वरुप चामल प्रदान गरिएको छ ।
कागेश्वरी नगरपालिका वडा ६ स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छेउमै रहेको सुकुम्वासी टोलका ११ परिवारलाई ३० केजी बराबरको १–१ बोरा चामल वितरण गरिएको हो । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं प्रशिक्षक अशोक खड्काको पहलमा जोरपाटी निवासी तेक्वान्दोकै पूर्व प्रशिक्षक राजकुमार ढुंगानाले राहतका लागि सहयोग गरेका हुन् ।
खड्काले सुकुम्वासी टोलमै पुगेर सम्बन्धितलाई राहत वितरण गरे । २०७२ सालको महाभुकम्पमा पनि खड्काकै अग्रसरतामा सोही टोलका पीडित सुकुम्वासीलाई टहरा निर्माण गरिदिनुका साथै पाल र राहत वितरण गरिएको थियो ।
जारी निशेधाज्ञाको अवधिमा ३७ परिवारलाई राहत वितरण गरिएको तथा २ मृगौला पीडितलाई आर्थिक सहयोग पनि प्रदान गरिएको खड्काले जनाएका छन् । कागेश्वरी नगरपालिका वडा २ का अशक्त वृद्धा ६७ वर्षीय बाबुलाल नगरकोटीलाई ओड्ने ओछ्याउनेका साथै राहत पनि उपलब्ध गराएका थिए । एक अपाङ्ग भुजेल परिवार तथा रुखबाट खसेर गम्भीर घाइते भएका एक कार्की परिवारलाई पनि आर्थिक सहयोगका साथै राहत उपलब्ध गराएका थिए ।
कोरोनाकै कारण २०७६÷२०७७ मा गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा पनि समस्यामा परेका ४ सय ५० भन्दा बढी परिवारलाई अशोककै सक्रिएतामा राहत, स्वास्थ्य सामाग्री र राहत प्रदान गरिएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…