
काठमाडौं-कोरोना भाइरस (कोभिड– १९) को नियन्त्रण र रोकथामका लागि गरिएको निशेधाज्ञाका कारण समस्यामा परेका सुकुम्वासी परिवारलाई राहत स्वरुप चामल प्रदान गरिएको छ ।
कागेश्वरी नगरपालिका वडा ६ स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छेउमै रहेको सुकुम्वासी टोलका ११ परिवारलाई ३० केजी बराबरको १–१ बोरा चामल वितरण गरिएको हो । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं प्रशिक्षक अशोक खड्काको पहलमा जोरपाटी निवासी तेक्वान्दोकै पूर्व प्रशिक्षक राजकुमार ढुंगानाले राहतका लागि सहयोग गरेका हुन् ।
खड्काले सुकुम्वासी टोलमै पुगेर सम्बन्धितलाई राहत वितरण गरे । २०७२ सालको महाभुकम्पमा पनि खड्काकै अग्रसरतामा सोही टोलका पीडित सुकुम्वासीलाई टहरा निर्माण गरिदिनुका साथै पाल र राहत वितरण गरिएको थियो ।
जारी निशेधाज्ञाको अवधिमा ३७ परिवारलाई राहत वितरण गरिएको तथा २ मृगौला पीडितलाई आर्थिक सहयोग पनि प्रदान गरिएको खड्काले जनाएका छन् । कागेश्वरी नगरपालिका वडा २ का अशक्त वृद्धा ६७ वर्षीय बाबुलाल नगरकोटीलाई ओड्ने ओछ्याउनेका साथै राहत पनि उपलब्ध गराएका थिए । एक अपाङ्ग भुजेल परिवार तथा रुखबाट खसेर गम्भीर घाइते भएका एक कार्की परिवारलाई पनि आर्थिक सहयोगका साथै राहत उपलब्ध गराएका थिए ।
कोरोनाकै कारण २०७६÷२०७७ मा गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा पनि समस्यामा परेका ४ सय ५० भन्दा बढी परिवारलाई अशोककै सक्रिएतामा राहत, स्वास्थ्य सामाग्री र राहत प्रदान गरिएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…