
ओलम्पिक दिवस मनाउने क्रममा आर्चरीका खेलाडीहरु ।
पोखरा-कोरोना कहरको दोस्रो लहरले खेलकुद क्षेत्र थलिएको छ । भौतिक उपस्थितिमा कुनै खेलकुद गतिविधि ठप्पै जस्तै छ । मोफसलको खेलकुद गतिविधि अघि बढ्नै सकेको छैन् । यद्यपी पोखरामा भने भौतिक उपस्थितिमा ओलम्पिक दिवस मनाईएको छ ।
कास्की जिल्ला आर्चरी संघले नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङको उपस्थितिमा पोखरा रंगशालास्थित आर्चरी मैदाना शनिबार ओलम्पिक दिवस मनाईयो । दिवसमा खेलाडीहरुको भौतिक उपस्थिति रहेको थियो । उपस्थित पदाधिकारीले आसन्न टोकियो ओलम्पिकमा सहभागिताको तयारीमा रहेको खेलाडीद्वयलाई शुभकामना व्यक्त गरेका थिए । आर्चरीबाट तिलक पुन मगर र ज्ञानु अवाले ओलम्पिक तयारीको लागि पोखरा रंगशालास्थित आर्चरी मैदानमा प्रशिक्षणरत छन् ।
ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङले ओलम्पिकमा नेपाली खेलाडीले उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले नियमित प्रशिक्षणले खेलाडीहरुको मनोबल उच्च हुने अभिव्यक्ति दिए । आर्चरी मैदानमा साँझको समयमा समेत प्रशिक्षणको व्यवस्था मिलाउने फ्लड लाईट जडान गर्ने तर्फ सरकारको ध्यानाकर्षण समेत गराइएको थियो ।
नेपाल भुतपुर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले खेलाडीको प्रशिक्षण मात्रै नभई खेलाडी आफैंमा फिट हुनुपर्ने धारणा राखे । उनले आफु एथलेटिक्समा ओलम्पिकको लागि छनोट भएपनि खुट्टा भाँचिएपछि सहभागिता जनाउन नपाएको दुखेसो गर्दै खेलाडी शारीरिक रुपले समेत सक्षम हुनुपर्नेमा जोड दिए । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, नेपाल र्आचरी संघका बरिष्ठ उपाध्यक्ष बसन्त थकाली, कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन लगायतले नेपालको खेलकुदको अवस्था बारे चर्चा गरेका थिए । खेलाडीहरुले ओलम्पिक नियमावली झैं एरो प्रहार गर्दै ओलम्पिक दिवस मनाए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…