
आर्थिक वर्ष २०७८/०७९ को आय व्यय विवरण प्रस्तुत गर्दै पोखरा महानगरपालिका उपमेयर मन्जुदेवी गुरुङ ।
पोखरा-महानगरपालिका उपमेयर मन्जुदेवी गुरुङले आर्थिक वर्ष २०७८÷०७९ को लागि ६ अर्ब २७ करोड ७५ लाखको आय व्ययको विवरण पेश गरिन् । पेश गरिएको आय व्यय विवरण अनुसार पोखरा महानगरपालिकाले पोखरामा आयोजना हुने खेलकुद प्रतियोगिताको लागि १ करोड ५५ लाख रुपैया बजेट छुट्टाएको छ । गतवर्ष समेत खेलकुद प्रतियोगितालाई छुट्टाइएको कतिपय बजेट भने कोभिड–१९ कै कारण रोकिएको थियो ।
महानगरपालिकाले पोखरामै आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्बोधन गरेर बजेट छुट्टाइएको छैन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ फागुन २० देखि २७ गतेसम्म आयोजन ागर्ने मिति तय गरिए पनि कोरोना कहरकै कारण पछि धकेलिएको हो । नीति तथा कार्यक्रममा समेत समावेश गरिएको थिएन् । ‘गण्डकी प्रदेश तथा पोखरा क्षेत्र नेपालको खेल क्षेत्रको लागि उर्वरभूमि हो । यही माटोमा जन्मे हुर्केका कैयौं युवाहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद मञ्ममा पनि आफूलाई पटक पटक प्रमाणित गरेका छन् । आहारारा गोल्डकप यस सहरको पहिचानको रुपमा स्थापित भइसकेको छ । पोखरा म्याराथन प्रतियोगितालाई यस सहरको अर्को खेल क्षेत्रको महत्वपूर्ण वार्षिक गतिविधिको रुपमा विकास गर्ने हाम्रो प्रतिबद्धता रहेको छ ।’ उपमेयर मन्जुदेवी गुरुङले सुनाईन् ।
महानगरपालिकाले खेलकुद गतिविधिलाई छुट्टाएइको १ करोड ५५ लाख रुपैयाँबाटै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत खर्च गरिने सम्भावना रहेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए । ‘हामीले पोखरा स्पोर्टस कानिर्भल(फेष्टिबल) भनेर सम्बोधन गरेर बजेटसहित सिफारिस गरेका थियौं ’ उनले भने–‘तर विषयगत नछुट्टाई बजेट प्याकेजमा हालिएको छ ।’ महानगरले पोखरा म्याराथन तथा आहा रारा गोल्डकपको लागि भने विगतमा झैं आगामी आर्थिक वर्षको लागि समेत बजेट व्यवस्था गरिएको उपमेयर गुरुङले बिहीबार सम्बोधनको क्रममा जानकारी गराईन् ।
छुट्टाइएको बजेटबाटै विद्यालय तथा अन्य खेल गतिविधि सञ्चालन गरिने छ । बजेटलाई महानगर खेलकुद विकास समितिले समन्वय गरी सम्बन्धीत इकाईलाई आवश्यक सहजीकरण गर्ने समेत उनको भनाई थियो । ‘विद्यार्थीलाई शैक्षिक गतिविधिसँगै खेलकुद गतिविधिमा संलग्न हुने अवसर तथा खेलाडी उत्पादन गर्न टेवा पुर्याउन उद्देश्यसहित अन्तर विालय मेयर कप आयोजना गरिने छ ।’ उपमेयर गुरुङको भनाई थियो । महानगरले पूर्वाधारतर्फ २ अर्ब ८६ करोड ९० लाख अर्थात ४५ दशमलव ७ प्रतिशत बजेट प्रस्ताव गरिएको छ । जस अन्तर्गत खेलकुद पूर्वाधार समेत रहेका छन् । यद्यपी खेलकुदका पूर्वाधार कुन कुन भनेर खुलाईएको छैन् । म्हानगरपालिकाले गतवर्ष पोखरा–२० मौजास्थित निर्माणाधिन खेल मैदान तथा पोखरा–१३ काँहुमा सेभेन ए साईड फुटबल मैदान निर्माण शुरु गरिएको थियो । जसलाई महानगरपालिकाले ५०÷५० लाख रुपैयाँ छुट्टाएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…