भलिबल राष्ट्रिय टोलीको घोषणा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १९ गते २०७८ मा प्रकाशित


काठमाडौं । फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि शनिबार नेपाल भलिबलसंघले १८ सदस्सीय राष्ट्रिय टोली घोषणा गरेको छ ।

पहिलो चरणको बन्द प्रशिक्षणपछि २७ खेलाडीबाट ९ खेलाडी बाहिरिएका छन् । मनवीर छन्त्यालको संयोजकत्वमा बनेको बनेको छनोट समितिले १८ खेलाडीको अन्तिम नामावली सार्वजनिक गरेको हो । छनोट समितिको सिफारिसमा संघले १८ खेलाडी छनोट गरेको हो ।

च्याम्पियनसिपका लागि भनेर नेपाली राष्ट्रिय महिला भलिबल टिमले असार १ बाट प्रशिक्षण सुरु गरेको थियो । संघले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएपनि विभागीय टोली नेपाल पुलिस क्लबका तीन खेलाडी विभागीय अभ्यासमा रहेकाले उनीहरु उपस्थित रहेका थिएनन् ।

नेपालले आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुने एसियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपाल सहित आयोजक फिलिपिन्स, जापान, थाइल्यान्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, नेपाल, उज्वेकिस्तान, हङकङले सहभागिता जनाउँदै छन् ।