
एजेन्सी-बंगलादेशले न्युजिल्याण्डमाथि दोस्रो टी-२० मा ४ रनले पराजित गर्दै श्रृखला २-० ले अग्रता लिएको छ । ढाकामा भएको प्रतिस्पर्धामा १४१ रन पछ्याएको न्युजिल्याण्ड १३७ रनमा समेटिएपछि बंगलादेशले रोमान्चक जित दर्ता गर्दै श्रृंखला २-० को अग्रता बनायो ।
मोहम्मद नायमको उत्कृष्ट शुरुवात गरेपछि बंगलादेशले सम्मानजनक स्कोर तयार गरेको थियो । नायमले ३९ रन बनाउने क्रममा ३९बल नै खेलेर ३ चौका प्रहार गरे । उनीसँगै रहेका ओपनर लिटोन दासले ३३ रनको योगदान दिए । पहिलो विकेटको लागि ५९ रनको साझेदार गरे ।
मध्यक्रममा मोहम्मदुल्लाहले ३७ रन नटआउट खेले । ३२ बल खेल्दै ५ चौका प्रहार गरे । रचिन रविन्द्रले चार ओभरमा २२ रन खर्चिएर ३ विकेट आफनो नाममा लेखे ।
१४२ रनको चुनौति पछ्याउने क्रममा न्युजिल्याण्ड १३७ रनमा समेटिन पुग्यो । पहिलो र दोस्रो विकेट सस्तैमा आउट भएपछि न्युजिल्याण्डको इनिंगलाई तेस्रो नम्बरमा आएका टम लाथमले सम्हाले । उनले नटआउट अर्धशतक पुरा गर्दै टिमलाई उकास्ने प्रयास गरे । ६५ रन बनाई खेल्ने क्रममा उनले ४९ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरेका थिए ।
विल योंगले २२ रन बनाई योगदान दिए । तर जितसम्मको हकदार बनाउन भने अन्य व्याट्सम्यानको योगदान उल्लेख्य रहन सकेन् । मेहदी हसन र शकिब अल हसनले समान दुई दुई विकेट लिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…