
काठमाडौं । नेपालले पपुवा न्युगिनी विरुद्ध शुक्रबार १ सय ५१ रनको जित निकाल्दै दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ ।

पहिलो खेलमा २ विकेटको संघर्ष पूर्ण जित निकालेको नेपालले दोस्रो खेलमा भने कीर्तिमानी जित निकाल्न सफल भएको हो । एक दिवसीय खेलमा नेपालले सबै फराकिलो अन्तरले जित निकाल्दै कीर्तिमान बनाएको हो ।

यस अघि नेपालले युएईसँगको खेलमा नेपालले १ सय ४५ रनको फराकिलो जित निकालेको थियो । यसअघि नेपालले २०१९ मा यूएईविरुद्ध १ सय ४५ रनको जित निकालेको थियो ।

नेपालले दिएको २ सय ३४ रनसहित जवाफी ब्याटिङ गरेको पीएनजी १९.१ ओभरमा समेटियो । पिएनजीले मात्र ८२ रन जोड्न सक्यो । पीएनजीका लागि टोनी उराले सर्वाधिक १९ रन बनाउँदा चाल्र्स अमिनीले १६, नोर्मन भानुवाले १२ तथा सेसे बाउले ११ रन बनाए । गौडी टोका १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन ।

पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए । लेग स्पिनर सन्दीपले मात्र ११ रन खर्चिए । सन्दिप प्लेयर अफ दि म्याच पनि बने । सन्दीपको यो करियरकै उत्कृष्ट बलिङ हो । यस अघि सन्दीपको ६ विकेट १६ रन उत्कृष्ट बलिङ स्र्टाट रहेको थियो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३३ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले ८६ रनको अर्धशतकीय इनिङ्स खेले । रोहितले १ सय २३ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । एकदिवसीय अन्तराष्ट्रियमा उनको यो दोस्रो अर्धशतक हो ।

अलराउन्डर करण केसीले ४२ रन बनाए । यस अघि नेपालको सुरुवात राम्रो भएको थिएन । ओपनर कुशल भुर्तेल र आरिफ शेख समान ३ रनमा आउट भएपछि दबाबमा आएको नेपालको इनिङ्स कप्तान ज्ञानेन्द्र मल्लले उकासेका थिए । उनले ७० बलमा ३ चौका र २ छक्काको मदतले ४५ रन बनाएका थिए । बिनोद भण्डारी १७ रनमा रन आउट भए । कुशल मल्ल १ र सोमपाल कामी ११ रनमा आउट भए ।

पीएनजीका चाड सोपरले सर्वाधिक ३ विकेट लिए । यस्तै कबुआ मोरिया र नार्मन भनुवाले २÷२ विकेट लिए । चाल्र्स अमिनीले १ विकेट लिए ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलेको हो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…