
काठमाडौं । उपकप्तान दिपेन्द्र सिंह ऐरीले नेपाल, ओमान र अमेरिका सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिर्कोणात्मक शृंखला गुमाउने भएका छन् ।
दाहिने खुट्टामा भएको चोटको समस्याका कारण शृंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार जानकारी दिएको हो । अभ्यासको क्रममा दायाँ खुट्टाको एन्कलमा लागेको चोटको कारण शृंखला गुमाउने भएका हुन । क्यानले दिपेन्द्र दुई साता मैदान बाहिर रहने जानकरी दिएको छ ।
चोटको कारण दिपेन्द्रले पपुवा न्युगिनी (पीएनजी) सँगको दुई एकदिवसीय अन्तराष्ट्रिय खेल पनि खेल्न सकेका थिएनन । नेपाल, अमेरिका र आयोजक ओमानबीच सोमबारबाट शृंखला आयोजना हुँदै छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग पहिलो खेल खेल्दै छ । नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…