दिपेन्द्रसिंह ऐरीले शृंखला गुमाउने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २७ गते २०७८ मा प्रकाशित



काठमाडौं । उपकप्तान दिपेन्द्र सिंह ऐरीले नेपाल, ओमान र अमेरिका सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिर्कोणात्मक शृंखला गुमाउने भएका छन् ।

दाहिने खुट्टामा भएको चोटको समस्याका कारण शृंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार जानकारी दिएको हो । अभ्यासको क्रममा दायाँ खुट्टाको एन्कलमा लागेको चोटको कारण शृंखला गुमाउने भएका हुन । क्यानले दिपेन्द्र दुई साता मैदान बाहिर रहने जानकरी दिएको छ ।

चोटको कारण दिपेन्द्रले पपुवा न्युगिनी (पीएनजी) सँगको दुई एकदिवसीय अन्तराष्ट्रिय खेल पनि खेल्न सकेका थिएनन । नेपाल, अमेरिका र आयोजक ओमानबीच सोमबारबाट शृंखला आयोजना हुँदै छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग पहिलो खेल खेल्दै छ । नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।