
काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।
घरेलु टोली ओमानसँग नेपाल ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर सहजै भेटाएको थियो । ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका सिंहले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरेका थिए । यस्तै सुरज कुमारले २० रन जोड्दा आयन खानले १८, सोइब खान ७ रनमा आउट हुँदा कप्तान जिसन मक्सुद ४ रनमा पवेलियन फर्किए । मोहमद नदीम ३८ रनमा अविजित रहदा सन्दीप गउड शून्यमा अविजित रहे ।
नेपालका बलर करण केसी र कुशल मल्लकाृ नाममा २÷२ विकेट रहँदा सुशन भारीले एक विकेट आफ्नो नाममा लेखाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९६ रन जोडेको थियो । नेपालका लागि ओपनर आसिफ शेखले ९० रनको अर्धशतकीय इनिङ्स खेले । आसिफले १ सय १२ बलमा ७ चौका र १ छक्का प्रहार गरे । आसिफको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक समेत हो । यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय सर्वाधिक उच्च रन बनाउने ओपनर ब्याट्सम्यान समेत बनेका छन । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१/२१ रन योगदान गर्दा रोहित पौडेल २० रनमा पवेलियन फर्किए । लेग स्पिनर सन्दीप लामिछाने १६ रन जोडे । सोमपाल कामी ७ रन, विनोद भण्डारी ६ रन, कुशल मल्ल ४ रन र बिक्रम सोब २ रनमा आउट भए । ओपनर कुशल भुर्तेल सुन्य रनमा पेभेलियन फर्किए ।
ओमानका बिलाल खान एक्लैले ४७ रन खर्चिएर ४ विकेट लिए । नेस्टर धाम्बाले २ तथा जिशन मक्सुद र मोहमद नदीमले १÷१ विकेट आफ्नो नाममा लेखाए ।
यससँगै ओमानविरुद्ध नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । लिग–२ अन्तर्गत नै सन २०२० मा नेपालमा भएका दुई खेलमा पनि नेपाल पराजित भएको थियो । यसि अघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । अब नेपालले शुक्रबार अमेरिकासँग दोस्रो खेल खेल्नेछ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…