विराट कोहलीले ट्वान्टी–२० मा कप्तानी नगर्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १ गते २०७८ मा प्रकाशित


एजेन्सी । भारतीय क्रिकेटर विराट कोहलीले टी–ट्वान्टी क्रिकेटको कप्तानी छाड्ने घोषणा गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट गरेर कोहलीले अक्टोबरमा हुने ट्वान्टी–२० विश्वकपपछि कप्तानी छाड्ने घोषणा गरेका हुन । यद्यपि उनले ब्याट्सम्यानको रुपमा भने खेलिरहने जानकारी दिएका छन ।

ट्वान्टी–२० को कप्तानको जिम्मेवारी हट्न चाहेको तर एकदिवसीय र टेस्ट क्रिकेटको कप्तानीको जिम्मेवारी भने सम्हाल्ने बताएका छन् । लामो छलफल र सल्लाहपछि यो निर्णय लिएको कोहलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।