
काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको अविजित अर्धसतकीय पारीको मद्दतमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतकोे खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध ७ विकेटको ऐतिहासिक जित निकालेको छ ।
अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको १ सय २२ रनको मध्ययम लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाएर पुरा गर्दा ७ विकेटको जित निकालेको हो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धसतकीय पारी खेले । ४६ बल खेलेका ज्ञानेन्द्रले ४ चौका र २ छक्काको मद्दतमा ५२ रनको व्यक्तिगत पारी खेलेका हुन् । यस्तै असिफ शेखले ४० रनको पारी खेल्दा रोहित पौडेल र कुशल भुर्तेलले समान ६/६ को योगदान गरे । शरद भेषवाकार १ रनमा अविजित रहे । बलिङ तर्फक ओमानका नेस्टर धाम्बाले २ तथा कालिमउल्लाहले १ विकेट लिए ।
७ विकेटको रोमाञ्चक जित निकालेको नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पहिलो पटक ओमानलाई हराएको छ । यस अघि भएका तीन भेटमा नेपालले ओमानलाई नतिजा सुम्पिएको थियो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाएर १ सय २१ रन जोडेको थियो । कसिलो बलिङ सामु निरिह बनेको ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाउँदा जतिन्दर सिंहले १३, नसिम खुसी १२, सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४/४ रन जोडे । सुरज कुमार र नेस्टर धाम्बा शून्यमा पवेलियन फर्किएका थिए । कालिमउल्लाह ११ रनमा अविजित रहदाँ बिलाल खानले ९ रन बनाए ।
ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४÷४ विकेट लिए । शरद भेषवाकरको नाममा दुई विकेट रह्यो । यस जितसँगै नेपालले सिरिजमा सुखद अन्त्य गरेको छ । ओमान सिरिजमा नेपालले खेलेको ४ खेलमा २ जित र २ हार खेपेको छ ।
सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । यस जितपछि नेपालले ओमानविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ भने राजीनामा दिइसकेको प्रशिक्षक डेभ ह्वाटमोरको सुखद विदाई पनि भएको छ । सिरिजकै तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आठौं खेलमा सुखद जित निकालेको नेपाल तालिकाको चौंथो स्थानमा उक्लिएको छ । ८ खेलबाट ८ अंक नै जोडेको नेपाल भन्दा माथि शीर्ष स्थामा १३ खेलबाट २० अंक जोडेको ओमान रहेको छ । दोस्रो स्थानमा १५ खेल खेलेर १४ अंक जोडेको अमेरिकाका छ भने तेस्रो स्थानमा ८ खेलबाट ९ अंक बनाएको स्कटल्यान्ड अटाएको छ । नामिबिया, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी (पिएनजी) क्रमश पाँचौ, छैठौं र सातौ स्थानमा रहेका छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…