
काठमाडौं । दुबईमा सुचारु भएको इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वान्टी–२० क्रिकेटमा चेन्नेई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

कोरोना महामारी पछि सुचारु भएको विश्वको सबै भन्दा महंगो फ्रेन्चाईज प्रतियोगिता अन्तर्गत आइतबार राति भएको खेलमा चेन्नईले साविक विजेता मुम्बईलाई २० रनले हराएको हो ।

चेन्नईले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि सौरभ तिवारीले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । यस्तै क्विन्टन डी ककले १७ रन जोड्दा अनमोलप्रित सिंहले १६ रन बनाए । एडम मिल्नेले १५ रनमा बनाए । चेन्नईका ड्वाने ब्राभोले ३ तथा दिपक चाहरले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । चेन्नईका रुतुराज गायकवाडले अविजित रहदै ८८ रनको अर्धशतकीय पारी खेले । यस्तै रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जस्प्रित बुम्राहले २÷२ विकेट लिए ।

यस जितसँगै चेन्नईले ८ खेलमा १२ अंक जोडेको छ । चेन्नई शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।



पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…