
पोखरा-चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार उदघाटन खेलमा ललितपुरका पवन सर्राफले अर्धशतकीय पारी खेल्दै काठमाडौं किग्स ११ लाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तानी बलर सहिद अफ्रिदीको बललाई राम्ररी रिड गर्दै सर्राफले एक छक्का र एक चौका प्रहार गर्दै अर्धशतकीय पारी खेलेपछि ललितपुरले८ विकेटको क्षतिमा काठमाडौंलाई १५७ रन बनाउँदै मध्यम लक्ष्य दिएको थियो ।
कप्तान कुशल भुर्तेल जितेन्द्र मुखियाको बलमा आउटभएपछि ललितपुरलाई पहिलो झट्का लागेको थियो । मुखियाको पहिलो बलमै भुर्तेल गोल्डेन डक हुदैं पभेलियनको बाटो समाएका थिए । मुखियाकै बलमा सान्दिन विराकोड्डी पनि आउट भएपछि ललितपुर निकै दबावमा पर्यो ।
पाँचौ नम्बरमा आएका पवन सर्राफले ललितपुरको इनिङ्सलाई उकास्ने प्रयास गरे । उनले पाँचौ विकेटको लागि योगेन्द्रसिंह कार्कीसँग ६२ रनको साझेदारी निभाउने क्रममा ६१ रनको योगदान दिए । उनले ४४ बल खेल्दै ५ चौका र ४ छक्का हिर्काए । कार्कीले पनि ३३ रन जोड्ने क्रममा २० बल खेल्दै ३ छक्का हिर्काए ।
रायन बर्लको बलमा सर्राफ शेर मल्लको हातबाट क्याच आउट हुन पुगेका थिए । रन्जुङ मिक्यो दोर्जीले १७ रन अविजित खेले । बलिङ तर्फ भने मुखियाले ४ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए । सन्दिप लामिछाने भने कमजोर देखियो । उनले ४ ओभरमा ४४ रन दिएपनि विकेट भने लिन सकेनन् । गुल्सन झा र रायन बर्लले समान दुई दुई विकेट लिएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…