
Pic BY NCSS
पोखरा-राजेश पुलामीको अविजित ४३ रनको योगदानमा चितवन टाईगर्सले विराटनगर वारियर्सलाई २ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । ओभरमा १ बलमा १ रन चाहिएको अवस्थामा स्ट्राईकमा रहेका पुलामीले अनिल खरेलको अन्तिम बलमा चौका प्रहार गर्दै जित सुनिश्चित गरे । पुलामीले ३९ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै जित दिलाउँदा भीम सार्की र दिलिप नाथले मध्यक्रममा महत्वपूर्ण योगदान गरे ।
सार्मीले ३० रन बनाई आउट हुदाँ नाथ भने २३ रनमा पभेलियन फर्किएका थिए । यद्यपी उनीहरुको जोडीले मध्यक्रममा सम्हालिदैं व्याटिङ गर्दै आधार तयार बनाएका हुन् । इशान पाण्डे र मोहम्मद शाहजादलाई सस्तैमा गुमाएपछि दबावमा परेको चितवनलाई सार्की र नाथले सम्हाल्दै रन उकासेका थिए । पुलामीलाई करिम जनतले साथ दिए । यद्यपी करिम पनि १९ रनमै आउट भएपछि साझेदारी टुट्न पुग्यो । सिकन्दर राजा र विराटनगरका कप्तान करण केसीको नाममा समान दुई दुई विकेट लेखिएको थियो ।
एभरेष्ट प्रिमियर लिग टी–२० अन्तर्गत आईतबार टस हारेर पहिले व्याटिङ गरेको विराटनगरले १५१ रन बनाएको थियो । चन्द्रपाउल हेमराज २ रन र आशिफ शेखलाई शून्य रनमै आउट भएपछि विराटनगरको खराब शुरुवात रह्यो । तेस्रो नम्बरमा आएका व्याटर रायन पठान पनि ४ रनमै क्रिज छाड्न बाध्य भएपछि विराटनगर ९–३ को अवस्थाको स्थितिको दयनीय अवस्थामा थियो ।
अनिल श र सिकन्दर राजाले मध्यक्रममा उत्कृष्ट व्याटिङ गर्दै ६१ रनको साझेदारी निभाउँदै प्रतिस्पर्धात्मक लक्ष्य तर्फ उन्मुख गराए । अनिलले ३२ रन बनाउन ३१ बल खर्चिए । ३ चौका र १ छक्का हिर्काए । सिकन्दरले अर्धशतकीय पारी खेल्ने क्रममा ६७ रनको योगदान गरे । २ चौका र ७ छक्का हिर्काउँदै ४७ बल खेले । सिकन्दर कमलसिंह ऐरीको बलमा आउट गर्दै महत्वपूर्ण विकेट लिएका थिए । आठौं नम्बरका व्याटर सौरभ खनालले ३० रनको योगदान दिएका थिए । सोमपाल कामी, कमलसिंह ऐरी, करिम जनत र सागर ढकालले दुई दुई विकेट लिन सफल भए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…