काठमाडौं र पोखरा भिड्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १२ गते २०७८ मा प्रकाशित


काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आज मंगलबार एक खेल हुँदै छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुने एक मात्र खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्समाथि रोमाञ्चक जित निकालेको काठमाडौं किंग्स इलाभेनले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल मध्यान्न १२ः१५ बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं तेस्रो खेलबाट दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा साविक विजेता ललितपुरलाई हराएको थियो भने विराटनगर वारियर्ससँगको दोस्रो खेल भारी बर्षाका कारण खेल हुने सकेको थिएन । वर्षाले मैदान भिजेको कारण खेल टस समेत नभई स्थगित भएको थियो ।

यस्तै विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नै पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो । पहिलो इनिङ चल्दै गर्दा भारी वर्षा भएपछि खेल नतिजा विहिन हुँदै सकिएको थियो । रद्द भएपछि पोखरा र भैरहवाले एक एक अंक बाँडेका थिए ।

दुई टिमबीचको पछिल्लो दुई भेटमा दुबै टोलीले एक एक जित निकालेका छन । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।