
तोरण्ल गोल्डकप विजेता थकाली सेवा समिति दरबाङ म्याग्दी क्षेत्रका खेलाडीहरु ।
पोखरा-थकाली सेवा समिति केन्द्रले आयोजना गरेको ११ औं तोरण्ल गोल्डकप(अन्तर क्षेत्रीय तारा प्रतियोगिता)को उपाधि थकाली सेवा समिति दरबाङ म्याग्दी क्षेत्रले जितेको छ ।
१५ डोरको खेलमा दरबाङ क्षेत्रले १४१ अंकसहित च्याम्पियन बन्यो । नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । थकाली सेवा समिति बेनी म्याग्दीको व्यवस्थापनमा आयोजित प्रतियोगितामा पोखरालाई एक अंकले पछि पार्दै थकाली सेवा समिति काठमाडौं दोस्रो स्थानमा रह्यो । थकाली सेवा समिति पोखरा र काठमाडौंले समान १२० स्कोरमा टाई खेलेपछि दोस्रो र तेस्रो स्थान छुट्टाउन निर्णायार्थ एक डोर प्रहार गरिएको थियो । एक डोरमा काठमाडौंले ७ स्कोर गर्दा पोखराले भने ६ स्कोर गर्दै तेस्रो स्थानमा चिक्त बुझाउन बाध्य बन्यो ।

त्यसैगरी थकाली सेवा समिति बुर्तिबाङ बाग्लुङ चौथो र थकाली सेवा समिति थाक थासाङ क्षेत्र भने पाँचौमा रह्यो । दोस्रो हुने काठमाडौंले नगद ५० हजार राशी प्राप्त गर्यो । पोखराले २५ हजार रुपैयाँ, चौथो हुनेले १० र पाँचौ भएको थासाङलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । अनुशासित टोली घोषित थकाली सेवा समिति टिकापुर धनगढीलाई नगद ७ हजार प्रदान गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार भने दरबाङका महेश तुलाचन घोषित भए । उनले २६ स्कोर गरेका थिए । त्यसैगरी उत्कृष्ट धुर्नधरको पुरस्कार भने थकाली सेवा समिति पर्वतका अनुज शेरचन घोषित भए । उनीहरु दुवैलाई नगद ७÷७ हजार रुपैयाँ प्रदान गरिएको थियो । प्रत्येक तीन वर्षमा थकाली सेवा समिति केन्द्रीय समितिले तोरण्ल गोल्डकप (अन्तर क्षेत्रीय तारा प्रतियोगिता) आयोजना गर्दै आएको छ । गत फागुनमै आयोजना हुनुपर्ने गोल्डकप ढिला गरी म्याग्दीमा आयोजना गरियो । कोरोना कहरमा भीडभाड नगर्न प्रशासनले कडाई गरेपछि ढिलाई भएपछि नेपाका विभिन्न जिल्लाका थकाली समूदायका १८ वटा क्षेत्रले प्रतिस्पर्धा गरेका थिए । थकाली समुदायमा १९ क्षेत्र छन् ।

गोल्डकपमा अनिवार्य रुपमा थकालीका सबै क्षेत्रले सहभागिता जनाउनुपर्ने थकाली युवा परिवारको केन्द्रीय अध्यक्ष योगेन्द्र शेरचनले बताए । गण्डकी प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य समेत रहेका शेचनले थकालीको परम्परागत जातिय खेललाई जोगाई राख्नुपर्ने औंल्याउँदै प्रत्येक तीन तीन वर्षमा तोरण्ल गोल्डकप आयोजना गरिदैं आएको सुनाए । शिकार खेल्ने परम्परालाई खेलको रुपमा थकाली समुदायले प्रचलनमा ल्याएको इतिहास छ । गोल्डकप १०५ फिटको दुरी तारा प्रहार गरिन्छ । विजेतालाई पूर्व राज्यमन्त्री भीमप्रसाद गौचनले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिताकै समयमा गत भदौ १३ गते म्याग्दीमा आएको पहिरोबाट घारबार विहीन भएका थकाली युवा परिवारको केन्द्रीय सदस्य मनोज गौचनलाई २ लाख ६ हजार ३३२ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो ।तेस्रो स्थानमा रहेको थकाली सेवा समिति पोखराको टोली ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…