
काठमाडौं । न्युजिल्यान्ड पहिलो पटक टी-ट्वान्टी विश्वकपको फाइनलमा पुगेको छ । बुधबार अबुधाबीमा भएको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको हो ।
अबुधाबीमा पहिला ब्याटिङ गर्दै इंग्ल्यान्डले दिएको १६७ रनको लक्ष्य न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । न्युजिल्यान्डलाई पहिलो पटक फाइनल पुर्याउने क्रममा डार्यल मिचेलले उत्कृष्ट ब्याटिङ गरे ।
नटआउट ७२ रनको इनिङ खेलेका मिचेलले ४७ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै, डेभोन कन्वेले ३८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४६ रन बनाए भने विस्फोट इनिङ खेलेका जेम्स निसमले ११ बलमा २७ रन बनाए ।
इंग्ल्यान्डका क्रिस वक्सले ४ ओभरमा १ मेडन राख्दै ३६ रन खर्चेर २ विकेट लिए भने लियम लिभिङ्सटन ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। यस्तै, अदिल रसिदले १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले मोइन अलीको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो । अलीले ३७ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे ।
यस्तै, डेविड मलानले ३० बलमा ४१ रन बनाउँदा जोस बट्लरले २९ र लिविङ्सटनले १७ रनको योगदान दिए । न्युजिल्यान्डका टिम साउथी, एडम मिल्ने, जेम्स निसम र इश सोधीले समान १ विकेट लिए ।
पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्डले बिहीबार हुने अष्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । फाइलन दुबईमा आइतबार हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…