पूर्व उपप्रधान तथा गृहमन्त्री थापाको दोहोरो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १२ गते २०७८ मा प्रकाशित


पोखरा-पूर्व भेट्रान टेनिस च्याम्पियन कमल थापाले पोखरा रंगशाला टेनिस कोर्टमा दोहोरो जित निकाल्दै उमेर समूहमा सशक्त प्रदर्शनलाई निरन्तरता दिएका छन् । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेको थापाले ५५ वर्ष माथिको एकल तथा र डबल्स दुवै इभेण्टमा जित दर्ता गर्दै उपाधिको लागि खरो उत्रिएका हुन् । एकल स्पर्धामा थापाले राजकुमार गुरुङ्गमाथि ६–४, ६–० को सोझो सेटको नजिता निकाले । सोही उमेर समुहको डवल्समा झ्याम्पा ढुण्डुपलाई साथी बनाएका थापा जोडीले बिदुर बिष्ट र काजी गुरुङ्गको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गरे ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित माछापुच्छ्रे ओपन टेनिसको सोमबारको दोस्रो दिन नेपालका शीष वरियता प्राप्त खेलाडी प्रण खनालले प्राञ्जल कायस्थलाई ६–१, ६–२ ले, विष्णु नेपालीले गौरबप्रताप शाहलाई ६–१, ६–३ ले, नेहाल जंगबहादुर थापाले प्रमोदबहादुर थापालाई ६–०, ६–० ले, मनोज महर्जनले निशान्त श्रेष्ठलाई ६–०, ६–० ले, अक्किजुवेन रावतले सौगात विकलाई ६–०, ७–६ ले तथा गोविन्द नेपालीले विवेक मगरलाई ६–०, ६–२ ले पराजित गरे ।

महिला एकल तर्फ सलोनी तामाङ्गले रायना शाहलाई ६–४, ६–३ ले, शर्वानी श्रेष्ठले प्रकृती श्रेष्ठलाई ६–२ ६–० ले, भगवती विकले श्रेया भट्टराईलाई ६–३, ६–३ ले तथा गंगा शर्माले सुभाङ्गीं लक्ष्मी शाहलाई ६–१, ६–३ ले पराजित गरिन् । ३५ वर्ष माथिको पुरुष एकलतर्फ सन्तोष खत्रीले कमल भण्डारीलाई ३–६, ६–३ र सुपरटाईमा १०–६ ले, दावा शेर्पाले विकास गुरुङ्गलाई ६–०, ६–१ ले, सञ्जय कुमार श्रेष्ठले प्रकाशराज वाग्लेलाई ६–४, ६–१ ले, भिष्म गुरुङ्गले सबर मियालाई ६–०, ६–० ले, नविन श्रेष्ठले सोम मगरलाई ७–६, ६–२ ले, निरज थापाले मदन थापालाई ६–१, ६–१ ले, सिमान्त गुरुङ्गले लक्ष्मण तामाङ्गलाई ६–७, ६–३ र सुपरटाईमा १०–१ को जित निकाले ।

४५ वर्ष माथिको एकलमा चन्द्र शाहीले सुकमान तामाङ्गलाई ६–२, ६–० ले, धरमसिंह लामिछानेले यज्ञबहादुर भण्डारीलाई ६–३, ६–२ ले, उत्तम लामाले रोहित सुनुवारलाई ६–४, ६–३ ले, उत्तम बोगटीले सुक्र शेरचनलाई ६–१, ६–० ले, विनोद कायस्थले गोपीबहादुर भट्टराईलाई ६–३, ३–६ र सुपरटाईमा १०–७ ले, शिव सेढाईले मनोज श्रेष्ठलाई ६–१, ६–० ले तथा हुम आलेले विकास गुरुङ्गलाई ३–६, ६–३ र सुपरटाईमा १०–७ ले तथा विमल गुरुङ्गले शरण गुरुङ्गलाई ६–१, ६–० ले पराजित गरेका छन् ।

३५ वर्ष माथिको डवल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले प्रकास वाङगेल र इन्द्र गुरुङ्गलाई ६–२, ६–२ ले, सिमान्त गुरुङ्ग र भिष्म गुरुङ्गको जोडीले निरज थापा र विकास गुरुङ्गलाई ६–२, ७–५ ले, राजन पौडेले र नविन श्रेष्ठको जोडीले सुकमान तामाङ्ग र दुर्गा केसीलाई ४–६, ६–४ र सुपरटाईमा १०–६ ले पराजित गरे ।