
पोखरा-लमजुङ को बेशीशहरमा आयोजित त्रिवेणी कप फुटबल प्रतियोगितामा मंगलबार एमसिटीले सामना युवा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । निर्धारित समयमा १-१ गोल भएपछि निर्णय पेनाल्टीमा हुन पुग्यो । पेनाल्टी सुटआउटमा एमसिटीले ३-० गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो । सामनाका तीनै पेनाल्टी खेर गएको थियो । मीन गुरुङ,अजय श्रेष्ठ र सन्जय श्रेष्ठको प्रहार खेर गएपछि एमसिटीले जितको खुशी मनायो । एमसिटीका लागि दिवस छन्त्याल, एक्कु मगर सुदिप केसीको प्रहार गोलमा परिणत भएको थियो ।
निर्धारित समयमा एमसिटीका लागि खेलमा कमब्याक गर्दै बराबरी गोल फर्काउँदै पेनाल्टी सुटआउटमा पुर्यायो । ५० औं मिनेटमा सामनाका सन्जय श्रेष्ठले गोल गर्दै दिलाएको अग्रता ६५ औं मिनेटमा बराबरी हुन पुग्यो । लक्ष्मण शाहीले गोल गर्दै एमसिटीलाई खेलमा फर्काएका थिए ।
अर्को खेलमा कालिका स्पोर्टस एकेडेमीले ब्रिटिस गोर्खालाई १-० गोलले पराजित गरेको हो । एकेडेमीका लागि निर्णायक गोल जाहा ग्लोरीले ५४ औं मिनेटमा गरेका थिए । आयोजक त्रिवेणी क्लबले पनि जित आत्मसात गर्ने क्रममा तनहुँको भीमाद युथ क्लबलाई २-० गोलले पराजित गरेको थियो । सेरब तामाङले दोस्रो मिनेटमा दिलाएको अग्रतालाई ७० औं मिनेटमा आशिष गुरुङले अर्को गोल थप्दै जित सुनिश्चित भएका हुन् ।
मोफसलकै सर्वाधिक पुरस्कार राशी मध्येको २९औ त्रिवेणी कप फुटबल प्रतियोगितामा विजेताले रु ५लाख रुपैया प्राप्त गर्ने छ । उपविजेताले ३ लाख प्राप्त गर्दा सेमी फाईनलमा हार्नेलाई रु ५०/५० हजार, सर्वाधिक गोल कर्ता १५ हजार रुपैयाँ, उत्कृस्ट खेलाडीले १५ हजार रुपैयाँ र क्र्वाटरफाईनलदेखि प्लेयर अफ दि म्याच घोषित खेलाडीले २ हजार ५ सय रुपैयाँ र फाईनलमा प्लेयर अफ दि म्याच घोषित खेलाडीको हकमा भने ५ हजार रुपैयाँ प्रदान गरिने छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…