
काठमाडौं- प्रथम इन्डोर कर्पोरेट लिग क्रिकेट (आईसिएल) लिग प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ ।
हिमालय स्पोर्टस म्यानेजमेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गरेर ग्रेट हिमालय क्रिकेट एकेडेमीको सहकार्यमा प्रथम इन्डोर कर्पोरेट लिग क्रिकेट आयोजना गर्ने जनाएको हो । प्रतियोगिता फागुन १८ देखि २१ गतेसम्म हात्तीबनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा नव निमार्ण हलमा आयोजना हुनेछ । कुल १६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा १० ओभरको खेल हुने आयोजकले जनाएको छ । लिगको एक टोलीमा १० जनाको टोली रहनेछन् । १० मध्ये ८ खेलाडीले एक खेलमा सहभागिता जनाउन पाउनेछन् ।
लिग कम नकआउट फम्र्याटमा खेलाइने लिगको दर्ता शुल्क ४० हजार रहेको छ । विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । चार दिन सम्म सञ्चालन हुने प्रतियोगितामा कुल २७ खेल हुनेछन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…