
काठमाडौं- प्रथम इन्डोर कर्पोरेट लिग क्रिकेट (आईसिएल) लिग प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ ।
हिमालय स्पोर्टस म्यानेजमेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गरेर ग्रेट हिमालय क्रिकेट एकेडेमीको सहकार्यमा प्रथम इन्डोर कर्पोरेट लिग क्रिकेट आयोजना गर्ने जनाएको हो । प्रतियोगिता फागुन १८ देखि २१ गतेसम्म हात्तीबनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा नव निमार्ण हलमा आयोजना हुनेछ । कुल १६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा १० ओभरको खेल हुने आयोजकले जनाएको छ । लिगको एक टोलीमा १० जनाको टोली रहनेछन् । १० मध्ये ८ खेलाडीले एक खेलमा सहभागिता जनाउन पाउनेछन् ।
लिग कम नकआउट फम्र्याटमा खेलाइने लिगको दर्ता शुल्क ४० हजार रहेको छ । विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । चार दिन सम्म सञ्चालन हुने प्रतियोगितामा कुल २७ खेल हुनेछन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…