
पोखरा-नेपाल क्रिकेट संघ( क्यान )ले कास्की जिल्ला क्रिकेट संघलाई दर्ता नम्बर दिएको छ । कास्की क्यानमा १५ औं नम्बरमा दर्ता भएको छ । दर्ता प्रमाणपत्र धनगढीमा आयोजित क्यानको विशेष साधारण सभाले उपलब्ध गराएको हो ।
क्यानमा ३९ जिल्ला छन् । ३९ जिल्लामा क्रिकेट संघ छन् । ती संघहरु क्यानमा आवद्ध भएपनि दर्ता नम्बर पाएका थिएनन् । क्यानले शुक्रबार मात्रै सबै जिल्लाहरुलाई दर्ता नम्बर उपलब्ध गराएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए । उनका अनुसार दर्ता नम्बरसँगै अस्थायी लेखा नम्बर(प्यान) लिन सहज हुने विश्वास गरिएको छ ।
कास्कीसँगै जोडिएको स्याङ्जाको दर्ता नम्बर २८ रहेको छ । गण्डकी प्रदेश क्रिकेट संघ भने चार दर्ता नम्बर पाएको छ । सात प्रदेशमा प्रदेश अनुसार नै दर्ता नम्बर प्रदान गरिएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…