
मधेश प्रदेश विरुद्ध बलिङ गर्दै गण्डकीकी कप्तान सृष्टी जैसी ।
पोखरा-घरेलु मैदानमा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन् । आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो । मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जित आत्मसात गर्दै गण्डकी माथि सदाझैं दबाव कायमै राख्यो । गण्डकीले मधेश प्रदेश विरुद्ध महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता जित निकाल्न सकेको छैन् ।
शिला क्षत्रीको १० रन नै गण्डकी प्रदेशको सर्वाधिक स्कोर बन्न पुग्यो । ओपनर सृजना पौडेल र कुसुम गोदारको जोडी क्रिजमा टिक्नै सकेन् । गोदार गोल्ड डक आउट भईन् । उनी सन्तोषी चौधरीको पहिलो बलमा एलबी डब्लुको शिकार हुन पुगिन् । ज्योत्स्निका मरासिनी पनि ५ रनमै रनआउट भएपछि गण्डकी प्रदेश सस्तैमा समेटिने देखियो ।
टस हारेर व्याटिङमा उत्रिएको मधेश प्रदेशले निर्धारित २० ओभर खेल्दै ७८ रनकोे गण्डकीलाई लक्ष्य दिएको थियो । सृष्टी जैसी ३, अन्जली विश्वकर्मा २ रनमा आउट भए । सुजिता थापा डक आउट भईन् । श्रद्धा गुरुङपनि गोल्डेन डक हुदैं पभेलियन फर्किन बाध्य भईन् । उनी सरस्वती कुमारी चौधरीको बलमा आउट हुदाँ गण्डकी प्रदेशको स्कोर प्रतिस्पर्धात्मकको स्थिति भन्दा निकै तल थियो ।
सीमा केसी २, आकृति तिवारी र निरुता जिटी पनि शून्यमै आउट भएपछि गण्डकी प्रदेश ३७ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो । केवल १९ ओभर खेल्ने क्रममाा जिटी पनि अनुराधा चौधरीको बलमा गोल्डेन डक आउट हुन पुगिन् । मधेशकी बलर अनुराधा चौधरीले ४ ओभरमा १ मेडन राख्दै ८ रन दिदैं ४ विकेट लिईन् । शान्ति चौधरी र कविता गौतमले समान दुई दुई विकेट लिए ।
टस हारेर व्याटिङमा उत्रिएको मधेशले पनि पहिलो दुई ओभरमा दुई विकेट गुमायो । ओपनरको रुपमा आएकी अनुराधा चौधरीले ४ बल खेल्दै डक आउट भईन् । सबनम खातुन पनि ३ बल खेल्दै शून्यमै आउट भएपछि दबावमा परेको मधेशको इनिङ्सलाई तेस्रो र चौथो नम्बरमा आएका व्याटरद्वय सना प्रविन र अलिशा यादवले सम्हाले । उनीहर दुवैले १४÷ १४ को महत्वपुर्ण योगदान दिए । साना कुसुम गोदारको बलमा आउट हुदाँ यादव आकृति तिवारीको बलमा अन्जली विश्वकर्माको हातबाट क्याच आउट भईन् ।
नवौं नम्बरमा आएकी सरस्वती चौधरीले १५ रनको महत्वपूर्ण योगदान दिईन् । उनले२७ बल खेल्दै अविजित १५ रन बनाएपछि मधेशले ८ विकेटको क्षतिमा ७७ रनमा बनाएको थियो । आकृति तिवारीले ४ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिदाँ कुसुम गोदारले २ विकेट लिईन् । खेलमा मधेशकी अनुराधा चौधरी प्लेयर अफ दि म्याच घोषित भईन् । यसअघि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उदघाटन गरेका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…