
पोखरा-नवौं राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको सेमीफाईनल समीकरण पुरा भएको छ । सेमीफाईनलमा समूह एबाट सशस्त्र प्रहरी बल र बाग्मती प्रदेश विजेता तथा उपविजेता हुदैं सेमीफाईनल प्रवेश गरेको छ ।
समूह बीबाट नेपाल पुलिस र लुम्बिनी प्रदेश विजेता तथा उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो । लुम्बिनी प्रदेश र प्रदेश १ बी समान ३÷३ अंक भएपनि नेटरनरेटको आधारमा लुम्बिनी प्रदेश सेमीफाईनल सुरक्षित गरेका हुन् ।
पोखरा रंगशालामा आईतबार भएको प्रतिस्पर्धामा बागमती प्रदेशले मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । ५४ रनको लक्ष्य पछ्याएको बागमतीले २ विकेटको क्षतिमा पुरा गर्यो । ४० बल बाँकी रहँदा बागमतीकी अनिषा माझकोटी र सुमन खतिवडाले अविजित १६ र १७ बनाएपछि सहज जित दर्ता गर्यो । अस्मिता खरेलले १३ रन बनाईन् ।
टस हारेर व्याटिङमा उत्रिएको मधेश प्रदेशले ५४ रनको योगफल तयार पार्ने क्रममा कुनैपनि व्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । बागमतीका लागि विपिसा शाही, सोनी पाख्रिन र खुशी डंगोलले समान दुई दुई विकेट लिए ।
अर्को खेलमा सुदुर पश्चिमले दिएको ९३ रनको लक्ष्यलाई ५ विकेटको क्षतिमा पुरा गर्दै सशस्त्र प्रहरी बल समूह विजेता बन्दै सेमीफाईनलमा प्रवेश गर्यो । रितु कनौजियाले अविजित ३५ रनको योगदानमा सुदुरले ९२ रनको योगफल तयार पार्यो । रुबी पोद्दारले २३ स्नेहा महराले १८ रन बनाईन् । लक्ष्य पछ्याएको सशस्त्रले इन्द्र बर्माको ४५ रनको ठोस इनिङमा सहज जित दर्ता गर्यो । ज्योति पाण्डेले ११, रोमा थापाले ११ रन जोडिन् । खेलमा इन्दु बर्मा प्लेयर अफ दि म्याच घोषित भईन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…