
पोखरा–ज्योति पाण्डको अविजित ६९ रनको ठोस इनिङ्समा सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ..रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा टस हारेको सशस्त्रले १२९ रनको योगफल तयार पार्यो । पाण्डेले ओपनिङ गर्दै ६१ बल खेल्दै ६९ रनमा अविजित रहिन् । उनले ७ चौका हिर्काईन् । सशस्त्र प्रहरीले २० रनको योगफल बनाउँदा पहिलो विकेटको रुपमा सीता राना मगरलाई गुमाएको थियो । मगरले ११ रन जोडिन । दोस्रो विकेटको रुपमा इन्दु बर्मा आउट भईन् । उनले ६ रन बनाईन् । ममता चौधरीले १६ रनमा आउट हुदाँ ओपनर पाण्डे र रोमा थापाले ५५ रनको साझेदारी निभाएका थिए । रोमाले १२ रनमा अविजित रहिन् । कृतिका मरासिनीले दुई विकेट लिईन् ।
१३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटिएको छ । पहिलो विकेट १८ रनमा गुमाएको लुम्बिनीका लागि सुष्मिता बजगाँईले सर्वाधिक १२ रन जोडिन् । उनले २३ बल खेल्दै १ चौका प्रहार गरिन् । अन्य व्याटरले दोहोरो अंकको रन बनाउनबाट चुकेका थिए । लक्ष्मी चौधरीको व्याटबा ५ रन आउँदा आस्मा पुलामी मगरले ६ रन बनाईन् । २४ बल खेल्ने क्रममा १ चौका हिर्काईन् । मधु डिसीले ५ रन बनाउँदा ७ बल खेल्दै १ चौका स्कोर बोर्डमा लेखिएको थियो । नेरी थापाले ४ ओभरमा ७ रन खर्चिदै ४ विकेट लिईन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…