
पोखरा–ज्योति पाण्डको अविजित ६९ रनको ठोस इनिङ्समा सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ..रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा टस हारेको सशस्त्रले १२९ रनको योगफल तयार पार्यो । पाण्डेले ओपनिङ गर्दै ६१ बल खेल्दै ६९ रनमा अविजित रहिन् । उनले ७ चौका हिर्काईन् । सशस्त्र प्रहरीले २० रनको योगफल बनाउँदा पहिलो विकेटको रुपमा सीता राना मगरलाई गुमाएको थियो । मगरले ११ रन जोडिन । दोस्रो विकेटको रुपमा इन्दु बर्मा आउट भईन् । उनले ६ रन बनाईन् । ममता चौधरीले १६ रनमा आउट हुदाँ ओपनर पाण्डे र रोमा थापाले ५५ रनको साझेदारी निभाएका थिए । रोमाले १२ रनमा अविजित रहिन् । कृतिका मरासिनीले दुई विकेट लिईन् ।
१३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटिएको छ । पहिलो विकेट १८ रनमा गुमाएको लुम्बिनीका लागि सुष्मिता बजगाँईले सर्वाधिक १२ रन जोडिन् । उनले २३ बल खेल्दै १ चौका प्रहार गरिन् । अन्य व्याटरले दोहोरो अंकको रन बनाउनबाट चुकेका थिए । लक्ष्मी चौधरीको व्याटबा ५ रन आउँदा आस्मा पुलामी मगरले ६ रन बनाईन् । २४ बल खेल्ने क्रममा १ चौका हिर्काईन् । मधु डिसीले ५ रन बनाउँदा ७ बल खेल्दै १ चौका स्कोर बोर्डमा लेखिएको थियो । नेरी थापाले ४ ओभरमा ७ रन खर्चिदै ४ विकेट लिईन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…