एमसिसीमाथि क्यान–११ को क्लिनस्वीप

- नेरी प्लेयर अफ दि सिरिज

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित


पोखरा-नेपाल भ्रमणमा रहेको इग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब(एमसिसी) महिला क्रिकेट टीम माथि नेपालको क्यान–११ ले मैत्रीपूर्ण प्रतिस्पर्धामा क्लिनस्वीप गरेको छ । मंगलबार अन्तिम दिनको एकदिवसीय खेलमा क्यान ११ ले एमसिसीलाई २ विकेटले पराजित गर्दै क्लिनस्वीप गरेको हो । क्यान ११ ले टी–२० मा समेत एमसिसीलाई पराजित गरेको थियो ।

मेरिलेबोन क्रिकेट क्लब(एमसिसी)ले नेपाल क्रिकेट संघ(क्यान) ११ लाई जितको लागि १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा क्यान ११ ले छ विकेटको क्षतिमा ८ विकेटको क्षतिमा ३९ ओभरमा पुरा गर्यो । क्यान ११ ले पहिलो विकेट २० रन खातामा जोडिदाँ काजल श्रेष्ठलाई गुमाउन पुग्यो । काजलले ८ रन बनाउने क्रममा रिचेल पोटरको बलमा एलिसा हबर्डको हातबाट क्याच भईन् ।

दोस्रो विकेट ४० रनमा गुमायो । तेस्रो नम्बरमा आएकी सम्झना खड्का ११ रनमै पभेलियन फर्किन् । उनले ७ बल खेल्दै २ चौका हिर्काउँदै ११ रन जोड्न सफल भईन् । उनीपछि लगत्तै ओपनर कविता कुँवर व्यक्तिगत १८ रन बनाउने क्रममा अमण्डाको बलिङमा एलबीडब्लुको धरापमा परिन् । इन्दु बर्माको प्रदर्शन भने प्रभावशाली देखिएन् । उनी ४ रनमै आउट भईन् । रुबिना क्षत्री पनि १६ रनमै आउट हुदाँ सीता रानामगरले पनि १४ बल खेल्दै ३ रन बनाएर क्रिज छोड्न बाध्य भईन् । पाँचौ विकेटको लागि नेरी थापा र रुबिना क्षत्रीले ५० रनको साझेदारी निभाए । नेरी थापाले अर्धशतकीय पारी खेलिन् । उनले ९८ बलमा ५ चौकासहित ५५ रनमा आउट भईन् । उनको अर्धशतकीय इनिङ नै जितको आधार बन्यो । बलिङ तर्फ एमसिसीकी अमण्डा पटगियटरले ८ ओभरमा १ मेडन राख्दै ३१ रन दिएर ३ विकेट लिईन् । त्यस्तै एलिसा हबर्डले ६ ओभरमा २२ रन दिएर २ विकेट नाममा लेखाईन् ।

पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेर व्याटिङमा उत्रिएको एमसिसीका लागि ओपनर ग्लेरी टेलोरको अर्धशतकीय पारीमा १५५ रनको प्रतिस्पर्धात्मक योगफल तयार पार्यो । पहिलो विकेटको रुपमा जेन्नी कितगिन्जरलाई गुमायो । पहिलो विकेटको लागि एमसिसीले ५२ रनको साझेदारी गर्दै राम्रो शुरुवात गरे । जेन्नीलाई २५ रनमा गुमाएपछि ओपनर साझेदारी टुटन पुग्यो । रुबिना क्षत्रीको बलमा जेन्नी एलबीडब्लुको धरापमा परेपछि एमसिसीले पहिलो विकेट गुमाउन पुग्यो ।

जेन्नीले ४२ बल खेल्दै ३ चौका हिर्काइन् । दोस्रो नम्बरमा क्रिज छिरेकी अबी ह्वाईब्रोलाई पनि सस्तैमा आउट गरेपछि एमसिसी केही दबावमा पर्यो । इन्दु बर्माको बलिङमा ह्वाईब्रो विकेट विकर काजल श्रेष्ठको हातबाट क्याच आउट गरेपछि एमसिसी २÷६६ को स्थितिमा रह्यो । ह्वाईब्रो केवल २ रनमा खेलिरहँदा पभेलियन फर्किईन् ।

ओपनर टेलरले तेस्रो विकेटको लागि मिया रोजर्ससँग ३८ रनको साझेदारी निभाउँदै इनिङ उकास्ने प्रयास गरे । रोजर्स व्यक्तिगत १८ रनमा खेलिरहँदा नेरी थापाको बलमा विकेट किपर काजल श्रेष्ठकै हातबाट आउटहुन पुगिन् । उनले ३२ बल खेल्दै २ चौका व्याटबाट निकालिन् । ओपनर टेलोर भने ५५ रनमा आउट भईन् । छैटौं नम्बरमा आएकी अमण्डा पटगियटरले २७ बल खेल्दै २६ रनमा अविजित रहिन् । उनले २ चौका हिर्काईन् । एमसिसीले ४० ओभर पुरै खेल्दै ६ विकेट गुमाउँदै १५५ रनको योगफलमा समेटियो । टेलरले ५५ रन हिर्काउने क्रममा ९८ बल खेल्दै ३ चौका प्रहार गरिन् । क्यान ११ का लागि सोनी पाख्रिनले ५ ओभरमा १५ रन दिदैं २ विकेट लिईन् । रुबिनाको नाममा दुई विकेट लेखियो । नेरी थापाले ८ ओभरमा २ मेडन राख्दै २० रन खर्चिएर १ विकेट लिईन् । नेरी थापा प्लेयर अफ दि म्याच तथा प्लयेर अफ दि सिरिज बनिन् ।