
पोखरा-नेपालले २०२२ पब्जी मोवाइल प्रो लिग साउथ एशिया च्याम्पियनसिपमा ५९ लाख पुरस्कार रासी जित्न सफल भएको छ ।
नेपालबाट सहभागी भएका डिआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार रासीको उक्त च्याम्पियनमा डिआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख ९३।६ मिलियन० र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै २३ लाख ९२।३ मिलियन० जितेका हुन् ।
४ दिन सम्म संचालन भएको २४ म्याचको च्याम्पियनसिपमा मङ्गोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न सफल भएको छ । गडलाईकले २६४ अंक हासिल गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको हो । दोश्रो स्थानमा रहेको डिआरएसले २५६ अंक प्राप्त ग¥यो । यस्तै तेश्रो स्थानमा रहेको स्काईलाइट्जले २३१ अंक प्राप्त ग¥यो ।
१६ उत्कृष्ट टिमको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालबाट डिआरएस र स्काईलाइट्ज लगायत हाइभोल्टेज, इलेमेन्ट्रिक्स, ट्रेन्ड टु किल र भेनम लिजेन्डले प्रतिस्पर्धा गरेका थिए । यसका साथै डिआरएस, स्काईलाइट्ज र ट्रेन्ड टु किल पब्जी मोवाइल ग्लोबल च्याम्पियनसिपको लागि पनि छनोट हुन सफल भएका छन् ।
पहिलो पटक यस च्याम्पियनसिपलाइ फिल्म हलको ठुलो पर्दामा प्रत्यक्ष प्रसारण गरिएको थियो । जसमा पब्जीलाई रुचाउने ठुलो संख्याका दर्शकले प्रत्यक्ष मनोरञ्जन लिएका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…