
पोखरा-कास्कीमाथि दुई रनको रोमाञ्चक जितसँगै नवलपुरले वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेटमा सुखद शुरुवात गरेको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा शुरु प्रतियोगिताको बिहीबार भएको उद्घाटन खेलमा नवलपुरले कास्कीमाथि २ रनको रोमाञ्चक जित निकालेको छ ।
टस जितेर व्याटिङ रोजेको नवलपुरले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको थियो । नवलपुरको तर्फबाट म्यान अफ द म्याच दिपक डुम्रेले ५१ रन बनाए । त्यस्तै,गोविन्द विकले ३९ तथा सगुन सापकोटाले २८ रनको पारी खेले । कास्कीका बलरहरु सुदिप अर्याल, सिरिस भुषाल, अपराजित पौडेल र सगुन सापकोटाले समान २ विकेट लिए ।
जितका लागि १ सय ८८ रनको लक्ष्य पछ्याएको कास्की जितको नजिकै पुगेपनि जित निकाल्न सकेन । कास्कीले पुरा ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ८५ रन मात्रै बनाउन सक्यो । कास्कीका अर्जुन कुमालले ८८ रनको महत्वपूर्ण पारी खेले । शोहिल कुँवरले २९ रन बनाएका थिए । नवलपुरका बलरहरु रोहित चन्दले ३ तथा नितेश गिरी र मनिष गैह्रेले समान २ विकेट लिए ।
यसअघि प्रादेशिक खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्गले ब्याटिङ तथा प्याप्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले बलिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गुरुङ्गले यो प्रतियोगिताबाट गण्डकी प्रदेशको उत्कृष्ट क्रिकेट टिम बन्ने विश्वास व्यक्त गरे । साथै टिमले काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गण्डकीको शान उँचो पार्न पनि उनले शुभ–कामना प्रदान गरे । प्याप्सन अध्यक्ष पौडेलले विद्यालय खेलकुद विकासको जग भएको बताउँदै विद्यायलहरुले पनि खेलकुदका कार्यक्रममा ध्यान दिन आवश्यक रहेको औल्याए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…