पुस दोस्रो साता मेयरकप साईकल दौड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित


पोखरा-‘बोसो पगाल, इन्धन नबाल’ साईकल सिटी पोखराको मूलमन्त्र हो । मन्त्र लाई आत्मसात गर्दै साईकल सिटी पोखराले ‘टुर दि पोखरा’ आयोजना गर्दै छ । खास गरी साईक्लिङ टुरको अभियान फ्रान्सबाट शुरु भएको हो । फ्रान्समा टुर दि फ्रान्सको शुरुवातसँगै विश्वमा साईकल यात्रा ‘टुर दि’ अभियानले महत्व पाएको हो ।

पोखराले पनि छैटौं पटक ‘टुर दि पोखरा’ अभियान सञ्चालन गर्दै छ । अभियान ७२ किलोमिटरको हुने छ । बाग्लुङको कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्मको यात्रा तय गरिने छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित दुई धार्मिकस्थललाई जोड्ने अभियान साईकल सिटीले लिएको छ । विभिन्न उमेर समूहका साईक्लिष्टहरुले सहभागिता जनाउने छन् । दुई वर्ष कोभिड–१९ कै कारण टुर दि पोखराको यात्रा स्थगित गरिएको थियो ।

आगामी पुसको ७ गते टुर दि पोखरा आयोजना गरिएको साईकल सिटी पोखराले जनाएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले टुर दि पोखराको झण्डा टुर दि पोखराका संयोजक राजन गोङ्गजूलाई हस्तान्तरण गरे । स्वास्थ्य, बातावरण र पर्यटनका लागि साईकल भन्ने नारा साईकल सिटीले तय गरेको छ । टुर दिन पोखरापछि पोखरामै साईकल ¥याली गरिने छ । ¥याली पोखरा बजार क्षेत्र परिक्रम गर्ने छ । साईकल ¥यालीमै सुस्त गतिमा साईकल चलाउने प्रतियोगिता जस्ता कार्यक्रम समेत गरिने छ । १ हजार ५ सय भन्दा बढी साईक्लिष्टहरुले सहभागिता जनाउने छन् । टुर दि पोखराको पूर्वसन्ध्यमा पोखरामा दोस्रो राष्ट्रिय मेयरकप साईकल दौड प्रतियोगिता आयोजना गर्ने निर्णय साईक्लिङ संघ कास्कीले जनाएको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पुस ६ गते रानीबन क्षेत्रमा २० किलोमिटर साईकल दौड आयोजना गरिएको महानगर खेलकुदका सदस्य सचिव सुवास खड्काले जनाए । साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीका अनुसार रानीबनको ४ किलोमिटर दुरीलाई पाँच ल्याप(रुटलाई पाँचपटक घुम्ने) गरी २० किलोमिटर पुरा गरिने छ । विजेतालाई नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

महानगरकै सहयोगमा साईकल सिटी तथा साईक्लिङ संघ कास्कीले पोखराको बजार क्षेत्रमा ३ किलोमिटर साईकल लेन निर्माण गरिएको छ । बजार क्षेत्रमा २.६ किलोमिटर लेन बनाईएको छ । साईकल लेन निर्माण समितिका संयोजक राजन गोंगजुले पोखरा महानगरपािलका र उपभोक्ता समितिको गरी ३५ लाख ३० हजार रुपैयाँको लागतम लेन बनाइएको हो । महानगरले ३० लाख रुपैयाँ र उपभोक्ता समितिको ५ लाख ३० हजारको लागतमा बजार क्षेत्रमा लेन बनाइएको हो ।सडकमा थर्मोप्लाष्टिक पेन्ट लगाइएको छ । प्लाष्टिकलाई २ सय डिग्रीमा पगालेर पेन्टको रुपमा प्रयोग गरिएको छ । पेन्ट लगाउन प्रतिमिटर ११ सय रुपैयाँको लागत परेको छ । साईकल लेन चिप्लेढुंगाबाट सभागृहचोक, सृजनाचोक हुदै जिरोकिलोमिटरसम्म बनाइएको छ ।