
पोखरा-धरान फुटबल क्लब १२ वर्षपछि पोखरामा रंगशालामा उदघाटन खेल खेल्न उत्रिदैं छ । सहारा क्लबसँग आहा रारा गोल्डकपमा यी दुईको उदघाटन प्रतिष्पर्धा दशौं आहा गोल्डकप पछि हो । २०६८ सालमा यी दुई बीच उदघाटनमा प्रतिस्पर्धा गरेका थिए । हाँ सहाराले धरानलाई १–० गोलल पराजित गरेको थियो । नवौं सँस्करणमा पनि भएको उदघाटन खेलमा सहाराले २–१ गोल अन्तरले धरानलाई पन्छाएको थियो ।
फुटबलको लागि धरान र पोखरा पर्याय नै हुन् । बुढासुब्बा गोल्डकपबाट प्रेरित भएको सहाराले क्याराभान गोल्डकपबाट मोफसलमा नकाउट फुटबलको जग बसाल्यो । त्यो फुटबलको जग २०७९ सम्म आईपुग्दा क्याराभानसँगै २२ औं सँस्करणको आहा रारा पोखरा गोल्डकपसम्म आईपुगेको छ । मोफसलको नकाउट फुटबलको यो नै नियमित प्रतियोगिता हो ।
सहारा क्लबले गोल्डकपको खेल तालिका सार्वजनिक गरिसकेको छ । सार्वजनिक गरेको खेल तालिका अनुसार सहाराले पुस १४ गते धरानलाई आतिथ्यता गर्दै छ । धरानको सहभागिता पोखरामा नियमित जस्तै छ । पहिलो आहा गोल्डकप(२०५९)देखि धरानको उपस्थिति रहँदै आएको छ । पहिलो आहामा धरानले सिटी योङ देहरादुनसँग प्रतिस्पर्धा गरेको थियो । दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौंसम्म धरान फुटबल क्लबको उपस्थिति थियो । २०६७ को नवौंमा फेरी धरानले आफुलाई आहा गोल्डकपमा उभ्यायो । त्यसपछि दशौं, एघारौं आहा रारा गोल्डकप, १२औं पछि फेरी तीन वर्ष धरानको अनुपस्थिति रह्यो ।
१५ औं, १६ औं, १७ औंमा पोखरामा सहभागितापछि धरानको २१ औं सम्म आइपुग्दा पोखरा यात्रा रोकियो । तर सहारासँगको उदघाटन खेल भने १२ वर्षपछि मात्रै हो । नवौ र दशौं आहा गोल्डकपमा पोखरा रंगशालामा यी दुई बीच आमने सामने भएको थियो । त्यसपछि यी दुई क्लबले उदघाटन खेल खेलेका छैनन् । खेल तालिका अनुसार पुस १५ गते गोल्डकपमा सर्वाधिक सफल विभागीय टोली नेपाल पुलिस क्लबले चर्च ब्वाईज युनाईटेडसँग खेल्ने छ । पुस १६ गते सहारा क्लब र धरान फुटबल क्लब बीचको विजेताले सशस्त्र प्रहरी बलसँग अन्तिम चार प्रवेशको लागि खेल्ने छ ।
पुस १७ गते नेपाल पुलिस क्लब र चर्च ब्वाईज बीचको विजेताले मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ । पुस १८ गते क्वार्टरफाईनल त्रिभुवन आर्मीक्लब र संकटा क्लब बीच हुने छ । अर्को क्र्वाटरफाईनल खेल मनाङ मस्र्याङ्दी क्लबले भुटानिज युथ एससी अमेरिकासँग खेल्ने छ । पुस २० र २१ गते दुई सेमिफाईनल खेल र पुस २३ गते गोल्डकपको फाईनल हुने सहारा क्लबले जनाएको छ । । हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको पुरस्कार राशी समेत बढाइएको छ । विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने छ । उत्कृष्ट पाँच विधालाई सुर्यबहादुर केसी स्मृति र उत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कारलाई खेमबहादुर गुरुङले प्रायोजन गरेका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…