
पोखरा-आयोजक सहारा क्लबले धरान फुटबल क्लबसँग उदघाटन खेल्दै २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको विधिवत शुरुवात हुदैं छ । दिउँसो २ बजे पोखरा रंगशालामा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उदघाटन गरेसँगै ‘बल किक’ हुने छ ।
धरानले पोखराको मैदानमा नयाँ इतिहास कोर्ने लक्ष्यमा हुने छ । सहाराले धरानमाथि तेस्रो पटक जित हासिल गर्दै ह्याट्रिक गर्ने अवसरको खोजीमा रहने छ । यी दुई बीचको उदघाटन भिडन्त तेस्रो पटक हो । दुई पटक सहाराले बाजी मार्दा धरान उदघाटन खेलबाटै विदाई हुदैं आएको छ । १२ वर्षपछिको यी दुई क्लबको उदघाटन प्रतिस्पर्धाले पोखरा रंगशालामा मोफसलका क्लबहरुको फुटबलस्तरलाई समेत मापन गर्ने छ ।
धरान फुटबल क्लब १२ वर्षपछि पोखरामा रंगशालामा उदघाटन खेल खेल्न उत्रिदैं छ । सहारा क्लबसँग आहा रारा गोल्डकपमा यी दुईको उदघाटन प्रतिष्पर्धा दशौं आहा गोल्डकप पछि हो । २०६८ सालमा यी दुई बीच उदघाटनमा प्रतिस्पर्धा गरेका थिए । सहाराले धरानलाई १–० गोलल पराजित गरेको थियो । नवौं सँस्करणमा पनि भएको उदघाटन खेलमा सहाराले २–१ गोल अन्तरले धरानलाई पन्छाएको थियो ।
फुटबलको लागि धरान र पोखरा पर्याय नै हुन् । बुढासुब्बा गोल्डकपबाट प्रेरित भएको सहाराले क्याराभान गोल्डकपबाट मोफसलमा नकाउट फुटबलको जग बसाल्यो । त्यो फुटबलको जग २०७९ सम्म आईपुग्दा क्याराभानसँगै २२ औं सँस्करणको आहा रारा पोखरा गोल्डकपसम्म आईपुगेको छ । मोफसलको नकाउट फुटबलको यो नै नियमित प्रतियोगिता हो ।
सहारा क्लबले गोल्डकपको खेल तालिका सार्वजनिक गरिसकेको छ । सार्वजनिक गरेको खेल तालिका अनुसार सहाराले पुस १४ गते धरानलाई आतिथ्यता गर्दै छ । धरानको सहभागिता पोखरामा नियमित जस्तै छ । पहिलो आहा गोल्डकप(२०५९)देखि धरानको उपस्थिति रहँदै आएको छ । पहिलो आहामा धरानले सिटी योङ देहरादुनसँग प्रतिस्पर्धा गरेको थियो । दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौंसम्म धरान फुटबल क्लबको उपस्थिति थियो । २०६७ को नवौंमा फेरी धरानले आफुलाई आहा गोल्डकपमा उभ्यायो । त्यसपछि दशौं, एघारौं आहा रारा गोल्डकप, १२औं पछि फेरी तीन वर्ष धरानको अनुपस्थिति रह्यो ।
१५ औं, १६ औं, १७ औंमा पोखरामा सहभागितापछि धरानको २१ औं सम्म आइपुग्दा पोखरा यात्रा रोकियो । तर सहारासँगको उदघाटन खेल भने १२ वर्षपछि मात्रै हो । नवौ र दशौं आहा गोल्डकपमा पोखरा रंगशालामा यी दुई बीच आमने सामने भएको थियो । २२ औं सस्ंकरणको विजेताले १२ लाख रुपैयाँ पाउने छ । उपविजेताले ६ लाख, सर्वोकृष्ठ खेलाडीले इलेक्ट्रिक स्कुटर पाउने छ । वर्ष उत्कृष्ठ खेलाडीको पुरस्कार भने नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेण्डर अनन्त तामाङलाई प्रदान गरिने छ । पुरस्कारको प्रायोजन कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष खेमबहादुर गुरुङले गरेका हुन् । पुरस्कार राशी ५० हजार रहेको छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…