
पोखरा-उत्कृष्ठ पुनरागमन गर्दै चर्च ब्वाईज क्लब २२ औं आहा रारा पोखरा गोल्डकपको क्र्वाटरफाईनल प्रवेश गर्दा नेपाल पुलिस क्लब भने पहिलो खेलबाटै बिदाई लिएको छ । पोखराको आहा रारा गोल्डकपमा गर्विलो इतिहास बोकेको नेपाल पुलिस क्लब चर्च ब्वाईजसँग २–१ गोलले पराजित हुदैं बाहिरिन पुग्यो । पोखरामा आफनो शाख जोगाउने पुलिसको प्रयास अतिरिक्त समयमा विफल भयो ।
पहिलो हाफमै गोल गर्दै उत्कृष्ट शुरुवात गरेको पुलिस भने दोस्रो हाफमा लय समाउन नसकेपछि चर्च ब्वाईजले पुनरागमन गर्यो । खेलको ७८ औं मिनेटमा आईपुग्दा चर्च ब्वाईज खेलमा फर्कियो । एक गोलले पछि परेको अवस्थामा चर्च ब्वाईजलाई खेलमा फर्काउन अन्जन विष्टले गोल गरे । केही दिन अघि मात्रै मनाङ मस्र्याङ्गी क्लबबाट अलग्गिएका विष्ट चर्च ब्वाईजमा आवद्ध हुदैै पोखरा रंगशाला फुटबल मैदानमा नेपाल पुलिस क्लब विरुद्ध उत्रिए ।
खेलको २५ औं मिनेटमा रविशंकर पासवानको गोलमा पुलिसले अग्रता लियो । चर्च ब्वाईजका कप्तान अनन्त तामाङले क्लियर गर्न नसकेको बल कलेक्ट गर्दै रविले निरकुमारलाई पास दिए । निरकुमारले पनि डिबक्स भित्र वान टु वान पास फेरी रविलाई दिए । रविले डिबक्स भित्रबाट फष्ट बारमा गोल गर्दै पुलिसलाई स्पष्ट अग्रता दिलाए । पहिलो हाफमा दुवैले गोलको लागि अवसर सृजना गर्न तल्लिन थिए । खेलको ९ औं मिनेटमा डिबक्स बाहिर पाएको फ्रिकिक अवसरलाई चर्च ब्वाईजले सदुपयोग गर्न सकेन् । अन्जन विष्टको प्रहार क्रसबार माथिबाट बाहिरिन पुग्यो । १४ औं मिनेटमा नेपाल पुलिसका लागि निरकुमार राईका पावरफुल सट दिनेश राजबंशीलाई लागेर रिफ्लेक्ट हुन पुग्यो । ३१ औं मिनेटमा निरकुमारकै पासलाई रविशंकर पासवानले हानेको फितलो प्रहार चर्च ब्वाईजको गोलकिपरकै हातमा पर्यो ।
खेलमा फर्किन चर्च ब्वाईजले लगातार कोशिस गर्यो । ७८ औं मिनेटमा गोल गर्दै चर्च ब्वाईज खेल फर्कियो । तेज तामाङको कर्नर बललाई एरिक विष्टले हेड गरे । विष्टको हेडलाई पुलिसका खेलाडीकै बीचबाट अन्जन विष्टको सटिक प्रहार गोलमा परिणत भएपछि खेल थप रोमाञ्चक बन्यो । पोखराको चिसो मौसममा दर्शकको उपस्थिति न्यून रहेपनि चर्च ब्वाईजको गोलसँगै खेल रोमाञ्चकसँगै प्रतिस्पर्धात्मक बन्यो ।
बराबरी गोल फर्काउनु अघि चर्च ब्वाईजले आक्रमणलाई शसक्त बनायो । ५१ औं मिनेटमा दिनेशले दिएको थ्रो बललाई अनन्त तामाङको हेडपासलाई आशिष चापागाईले सदुपयोग गर्न सकेनन् । आशिषको प्रहार आउट हुन पुग्यो । ५९ औं मिनेटमा चर्चका लागि अर्को पुलिसको पोष्टमा आक्रमण बुन्यो । अन्जनको हेड पुलिसका गोलकिपरले बचाउ गरे । खेल सकिदाँ दुवै टोली १–१ गोलमा टुंगियो ।
निर्धारित समयमा बराबरी पछि थपिएको समयमा चर्च ब्वाईजले निर्णायक गोल गर्दै पुलिसको यात्रामा ठेस पुर्यायो । ९९ औं मिनेटमा तेज तामाङको कर्नर बललाई अन्जन विष्टले हेड गरे । पुलिसकै सिक्स यार्ड बक्सभित्र हुलुमलकै अवस्थामा अनन्त तामाङले गोल गरे । उनको गोल चर्च ब्वाईजको अघिल्लो यात्राको लागि निर्णायक बन्यो । पुलिसको पोखरा बसाई छोटियो । चर्च ब्वाईजका प्रशिक्षक विक्रम लामाले नयाँ टिम भएकोले खेलाडीको फर्मेसन मिलाउन गाह्रो भएको बताए । ‘दोस्रो हाफमा केही सुधार गर्यौ र जित निकाल्यौं’ उनले भने । प्रशिक्षक लामाले आगामी खेलमा अझै सुधार गर्ने उत्कृष्ठ प्रदर्शन गर्ने अठोट लिए । चर्च ब्वाईजको आईतबार(अंग्रेजी नयाँ वर्षको दिन) क्र्वाटरफाईनलमा भेट मछिन्द्र क्लबसँग हुने छ ।
अन्जन विष्ट खेलमा म्यान अफ दि म्याचको हकदार बने । सहारा क्लबको आयोजना, हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा रहेको आहा रारा पोखरा गोल्डकपको शनिबार शसस्त्र प्रहरी बल(एपीएफ क्लब) र धरान फुटबल क्लब बीच हुने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…