
पोखरा-आमन्त्रित पाहुना टोलीले सुखद शुरुवात गर्दा गोल्डकपको इतिहास बोकेको मनाङ मस्र्याङ्दी क्लबको थप यात्रा टुंगिएको छ। पोखराको मैदानमा गर्विलो इतिहास बनाएको मनाङ मस्र्याङ्दी आमन्त्रित टोली बिवाईएससी मिनेसोटा अमेरिकासँग १–० गोलमा पराजित हुदैं पहिलो खेलबाटै बाहिरिने इतिहास बनायो ।
पाहुना टोलीको लागि प्रविन बस्नेतको गोल निर्णायक बन्यो । बस्नेतको गोलमा दोस्रो पटक सहभागिता जनाएको अमेरिकन टोलीले सेमिफाईनल सुरक्षित गर्यो । अन्तिम चारमा प्रवेश गरेको पाहुना टोलीले चर्च ब्वाईज युनाईटेडसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने छ । हेक्टर ओर्टेगाको पासलाई सदुपयोग गर्दै बस्नेतले १८ मिनेटमा गोल गरे । डिबक्सभित्र मनाङ मस्र्याङदी क्लबका डिफेण्डरले क्लियर गर्न नसकेको बललाई बस्नेतले सेकेण्ड बार च्याप्दै गोल गरेपछि मनाङको यात्रा गोल्डकपकै इतिहासमा पहिलो खेलबाट बाहिरिने टोली बन्यो । निर्णायक गोल गरेका बस्नेत म्यान अफ दि म्याचबाट पुरस्कृत भए ।
मनाङबाट खेल्ने अधिकांश खेलाडी केही दिन अघि मात्रै पोखरामा आयोजित स्पेनिस फुटबल क्लबसँगको मैत्रीपूर्ण प्रतिस्पर्धामा मैदान उत्रिएका खेलाडी थिए । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सहायक प्रशिक्षक किरण श्रेष्ठको प्रशिक्षकत्वमा उत्रिएको मनाङले घरेलु मैदानमा सुखद नजिता आत्मसात गर्न सकेन् । दुईदिन अघि मात्रै किरण श्रेष्ठले मनाङ मस्र्याङ्दीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । डेब्यु प्रशिक्षकत्व श्रेष्ठले हारको नजिता स्वीकारे ।
आमन्त्रित टोलीका अग्ला डिफेण्डरलाई कटाउन नसक्दा मनाङ मस्र्याङदीले आक्रमण बुनेपनि फिनिसिङमा चुक्दै निर्धारिता समय टुंग्यायो । २० औं संस्करणमा सशस्त्र प्रहरीबलसँग क्वार्टरफाईनलमै पराजित भएको बीवाईएससी मिनेसोटाले पोखराको मैदानमा मंगलबार इतिहास बनाउँदै सेमिफाईनल प्रवेश गर्यो । किरणले पोखरामा मनाङ मस्र्याङ्दीलाई जितको किरण छर्न सकेनन् ।
पोखराको मैदानबाट आहा राराको संस्करणमा ६ पटकको विजेता मनाङ मस्र्याङ्दीले दोस्रो चरण पार गर्नै सकेन् । मनाङ मस्र्याङ्दी क्लबको पोखरामा सबै भन्दा खराब नजिता थियो । समर्थक पनि निराश बने । मनाङ मस्र्याङ्दीले ४४ औं मिनेटमा लक्ष्मण रुचालले हानेको लेफ्ट सट बीवाईएससी मिनेसोटाका डिफेण्डर ओर्टेगाले ब्लक गरे । मध्यपंक्तिबाट एकपछि अर्को आक्रमणको रणनीति बुन्ने प्रयास गरेपनि मनाङले अमेकिन टोलीको डिफेण्डरलाई कटाउन असमर्थ बने । पहिलो हाफकै ३५ औं मिनेटमा दियालो इराकाजेले अफसाईड ट्रयापलाई विट गर्दै प्रहार गरे । उनको प्रहारलाई मनाङका राजुबावु थापाले बचाउ गर्दै मनाङलाई थप दबावबाट जोगाए ।
अमेरिकन टोलीले पनि ७१ औं मिनेटमा अवसर सृजना गर्यो । तर असफल भयो । थोमस साकेरको प्रहार खेर गएको थियो । ८४ औं मिनेटमा रोजिन प्रजापतिको प्रहारलाई मनाङका डिफेण्डर रमेश थापाले गोललाईनबाट क्लियर गरे । प्रजापतिले गोलकिपर राजुबावु थापा अगाडि बढेको अवस्थामा फ्लिक गरेको बललाई डिफेण्डर थापाले बचाउ गर्दै थप संकटबाट जोगाए । मनाङले दोस्रो हाफमा पाएको फ्रिकिक र कर्नरलाई सदुपयोग गर्नै सकेन् । ‘लामो यात्रा गरेर आएको हौं । मनाङले कमब्याक गरेको भए कठिनाई हुने थियो । तर हामीले सेमिफाईनलमा विपक्षीको रणनीति अनुसार खेल्छौं ।’ बीवाईएससी मिनेसोटा अमेरिकाका प्रशिक्षक प्रदीप हुमागाँईले भने ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको बुधबार पहिलो सेमिफाईनल खेल सशस्त्र प्रहरी बल(एपीएफ) र संकटा क्लब बीच हुने छ । सशस्त्र र संकटा दुवै एक एक पटकको आहा रारा गोल्डकपका च्याम्पियन समेत हुन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…