
पोखरा-पोखरामा आयोजित प्रथम रामबहादुर तामाङ स्मृति तथा ३२औं कास्कीजिल्लास्तरीय सितेरियो कराँते च्याम्पियनसिपमा ५ स्वर्ण, ६ रजत र ९ कास्य पदकसहित एसओएस बहिनी डोजो च्याम्पियन बनेको छ ।
सितेरियो कराँते संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा दुईदिन सञ्चालित प्रतियोगितामा विरौटा डोजो दोस्रो बन्यो । विरौटा डोजोले ४ स्वर्ण, २ रजत र ५ कास्य पदक जितेको छ । तेस्रो स्थानमा मोर्नाक डोजो र फुलबारी डोजो भए । मोर्नाक डोजोले ३ स्वर्ण, दुइ रजत र ३ कास्य पदक जित्दा फुलबारीले भने दुई स्वर्ण, एक रजत र दुई कास्य पदकमा चित्त बुझाएको थियो ।
प्रतियोगितामा पोखरा रंगशालासहित विभिन्न १८ वटा डोजोका खेलाडीहरुको सहभागिता रहेको थियो । पुरुष तर्फ ९ र महिला तर्फ ७ तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा विजेता खेलाडीहरुलाई प्रमुख अतिथि चीनबहादुर लामा, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, सितेरियो कराँते संघ कास्कीका अध्यक्ष सुरेन्द्रकुमार गुरुङ, सचिव धन लामा लगायले ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…