
पोखरा रंगशालास्थित क्रिकेट मैदान । फाईल तस्बिर
पोखरा-अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने अभियानले फेरी बजेट मार्फत प्राथमिकता पाएको छ । बजेट मार्फत सम्बोधन भएसँगै पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई स्तरोन्नति गर्ने चासो गण्डकी प्रदेश सरकारले देखाएको छ ।
प्रदेश सरकारले अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने आर्थिक वर्ष २०८०÷८१ म बजेट मार्फत ५० लाख रुपैयाँ छुट्टाएको छ । छुट्टाइएको बजेटले नयाँ अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन आवश्यक सम्भाव्य अध्ययन गर्ने प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ । तर परिषदले पोखरा रंगशालाभित्रकै क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउने तर्फ छलफल अगाडि बढाएको छ ।
खेलकुद ऐन २०७५ बनेसँगै जिल्ला खेलकुद विकास समितिलाई प्रदेश खेदकुद परिषद मातहतमा ल्याउने निर्णय भईसकेको छ । निर्णयसँगैे जिल्ला खेलकुद विकास समितिको कार्यालय सञ्चालनको लागि प्रदेश सरकारले ५० लाख ५५ हजार रुपैयाँको बजेट छुट्टाएको छ । जिल्ला खेलकुद विकास समिति प्रदेशको मातहतमा आईसकेपछि रंगशालाभित्रको खेलकुद पूर्वाधारको संरक्षण र सम्बद्र्धन गर्ने प्रदेश खेलकुद परिषदले उल्लेख गरेको छ ।
‘पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउन राष्ट्रिय खेलकुद परिषदसँग आवश्यक छलफल भईरहेको छ’ प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले भने–‘भईरहेको मैदानलाई स्तरोन्नति गर्न सहज हुन्छ । अन्तराष्ट्रियस्तको मैदान बनाए अन्य जिल्लामा बैकल्पिक मैदान बनाउन सकिन्थ्यो ।’ उनका अनुसार जिल्ला खेलकुद प्रदेश मातहतमा आउने भएपछि रंगशालाको पूर्वाधारको संरक्षण र सम्बद्र्धन गर्दै स्तरोन्नति गर्ने तर्फ प्रदेश सरकार र प्रदेश खेलकुद परिषद गण्डकीले चासो दिएको हो ।
प्रदेश खेलकुद परिषदले प्रदेशस्तरीय क्रिकेट मैदान बनाउनुपर्ने खाँचो औल्याउँदै आएको छ । प्रदेशस्तरीय क्रिकेट मैदानको लागि ४० लाख रुपैयाँ छुट्टाएको छ । प्रदेश सरकारले पोखरा–३३ पशुपतिघाटमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन डिपिआर समेत बनाइसकेको थियो । तर सेतीनदीको कटान रोक्न मैदान निर्माण लागत भन्दा बढी खर्चिलो हुने देखिएपछि त्यसलाई फेज आउट गरिएको थियो । पशुपतिघाटको १७६ रोपनी क्षेत्रफलको जग्गा प्रदेश सरकारलाई भोगाधिकार प्राप्त भईसकेको थियो ।
प्रदेशस्तरीय क्रिकेट मैदान बनाउन प्रदेश खेलकुद परिषदले शुक्ला गण्डकी नगरपालिका तनहुँमा आवश्यक जग्गा समेत हेरिएको जनाएको छ । ‘तनहुँमा पनि क्रिकेट मैदान बनाउन सकिने सम्भावना देखिएको छ ।’ सदस्य सचिव शर्माले भने–‘सम्भावनाका ठाँउहरु हेरिसकेपछि आवश्यक प्रक्रिया अगाडि बढाउँछौं ।’ प्रदेश सरकारले बैकल्पिक क्रिकेट मैदानको लागि पोखरा–१४ छिनेडाडाँस्थित बाच्छेबुडुवामा आवश्यक अध्ययन गर्न क्रिकेट संघले आग्रहसहितको ज्ञापनपत्र बुझाईसकेको छ । ज्ञापन पत्रमा पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नति गर्नुपर्ने उल्लेख गरिएको छ ।
पोखरा रंगशाला क्रिकेट मैदान बाहेक अन्य ठाँउमा थप दुईवटा क्रिकेट मैदान बनाउनुपर्ने सुझाव प्रादेशिक क्रिकेट संघ गण्डकीले दिएको छ । ‘पोखरा रंगशालाको क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको स्तरोन्नति गर्ने र बाच्छेवुडुवाको सार्वजनिक जग्गामा बैकिल्पक क्रिकेट मैदान बनाउन सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाईसकेका छौं ।’ प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेनसन प्रजूले भने–‘पोखरामा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान भएपनि क्रिकेट खेलकै माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।’
पोखरा रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नति गर्न राष्ट्रिय खेलकुद परिषदबाट बजेट छुट्टिएपनि कार्यान्वयनमा आएन् । आवश्यक टेण्डर प्रक्रियामा लैजान राखेपको ढिलासुस्तीले पोखरा रंगशाला क्रिकेट मैदानको स्तरोन्नतिट हुनै नसकेको गुनासो रहँदै आएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…