
पोखरा-गण्डकी प्रादेशिक क्रिकेट संघको दोस्रो अधिवेशनबाट सन्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । बुधबार भएको अधिवेशनले कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका सिग्देलको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा प्रकाश पौडेल(नवलपुर), सचिवमा सुमनराज कार्की(तनहुँ) र कोषाध्यक्षमा दिवाकर थापा(स्याङ्जा) रहेका छन् । यसैगरी सदस्यहरुमा देवेन्द्र प्रजू, ऋषिराम गौतम, फणिन्द्रबहादुर खड्का, धामनाथ सापकोटा, रेशमबहादुर केसी,विद्यादेवी भट्टराई,भोजराज बराल र सन्तोष शर्मा रहेका छन् । कार्यसमितिको कार्यकाल चारवर्षको हुने छ ।

अध्यक्ष सिग्देलले सपथ ग्रहणपछि कुराकानी गर्दै अबको चुनौति नै प्रादेशिक क्रिकेट मैदान बनाउने भएको बताए । उनले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय भेन्युको रुपमा विकास गर्न सरोकार निकायसँग पहल कदमी गर्ने बताए । उनले पोखरालाई काठमाडौंपछिको सौन्दर्यकै हिसाबले पनि अन्तरराष्ट्रिय क्रिकेट भेन्यु बनाउन नेपाल क्रिकेट संघले समेत प्रतिबद्धता जाहेर गरेको अवस्थामा प्रदेश सरकार तथा स्थानीय तहसँग समेत सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
अध्यक्ष सिग्देलले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानसँगै अन्तरराष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न आवश्यक बैकल्पिक मैदान निर्माण अत्यावश्यक भएको उल्लख गरे । उनले त्यसको लागि प्रदेश खेलकुद परिषदले विभिन्न जिल्लामा जग्गा खोजीकार्य भईरहेको सुनाउँदै परिषदको टोलीले आवश्यक अध्ययन गरेर प्रतिवेदन बुझाउने स्पष्ट पारे ।
प्रदेश सरकारले प्रादेशिक क्रिकेट मैदान बनाउन ४० लाख रुपैयाँ बजेट छुट्टाएको छ । बजेट सम्भावित जग्गाको खोजी कार्य गरी पहिचान गरेर बनाउन प्रादेशिक क्रिकेट संघ गण्डकीले दवाव दिने बताए । प्रदेश खेलकुुद परिषद गण्डकीसँगको सहकार्य गर्दै प्रदेशस्तरीय क्रिकेट प्रतियोगितालाई बढवा दिने जिकिर गरे । क्रिकेट मैदानसँगै खेलाडीको प्रवद्र्धन गर्न प्रादेशिक क्रिकेट संघले आफनो तर्फबाट कुनै कसर बाँकी नराख्ने समेत अठोट समेत अध्यक्ष सिग्देलले लिएका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…