
पोखरा-पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगरस्तरीय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पोखराका ८ वटा क्लवहरुको सहभागिता रहने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा हुने प्रतियोगितामा राइजिङ क्रिकेट क्लव, साँग्रिला क्रिकेट क्लव, पोखरा क्रिकेट क्लव, अरण्यज्योती क्रिकेट क्लव, कास्की क्रिकेट क्लव, आर के भिक्टोरी क्रिकेट क्लव, आदर्श युवा क्लव र लेकसाइड क्रिकेट क्लवले सहभागिता जनाउने भएका हुन् । प्रतियोगितामा वितेजा, उप–विजेता तथा विभिन्न विद्यागत खेलाडीहरुले पुरस्कार प्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले नेपालमा क्रिकेटको लोकप्रियता निकै बढेको बताए । पोखरामा पनि क्रिकेट गतिविधी चयालमान बनाउन प्रतियोगिता आयोजना गरिएको उनको भनाई थियो । प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले महानगरको आयोजनालाई सफल बनाउन संघको सहयोग रहने बताए । आगामी दिनमा क्रिकेट विकासमा महानगरसंग हातेमालो गर्ने उनले जनाए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले पोखराका क्रिकेट खेलाडीहरुमा थप निखारता ल्याउन यस्ता प्रतियोगिताहरु निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए ।
पोखरा महानगर क्रिकेट संघका अध्यक्ष विरेन्द्र पुनले महानगरले यो प्रतियोगिता सञ्चालनका लागि २ लाख आर्थिक सहयोग प्रदान गरेको जानकारी दिंदै अपुग रकम संघले व्यवस्थापन गर्ने उल्लेख गरे । संघले आगामी दिनमा क्रिकेट विकासका लागि ग्रासरुटदेखिकै कार्यक्रम ल्याउने उनले बताए । आयोजक समितिका सदस्य सचिव सुवास खड्काले पनि प्रतियोगिताका बारेमा जानकारी दिएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…