
पोखरा-पोखरा महानगरपालिका वडा नम्बर ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको जगदम्बा प्रतिष्ठानले छात्राका लागि १५ सेट क्रिकेट जर्सी विद्यालयलाई हस्तान्तरण गरेको हो ।
जर्सी लिँदै बाराही माविका प्रधानाध्यापक शिव भण्डारीले विद्यार्थीलाई पढाइ सगँसगै खेल क्षेत्रमा पनि विद्यार्थीलाई हौसला दिने गरेको बताए । उनले जर्सी सहयोगले विद्यार्थीको खेल क्षेत्रमा पनि उत्साह बढ्ने बताए ।
जर्सी हस्तान्तरण गर्दै जगदम्वा प्रतिष्ठानका अध्यक्ष (जगदम्वा टुर्स एण्ड ट्राभल्सका संचालक) केशव प्रसाद अधिकारीले अहिले पठाइ सगँ सगै चौतर्फिक ज्ञान आवश्यक पर्ने बताए । उनले खेलबाट पनि विद्यार्थीले केही न केही सिकाइ हुने बताए । उनले आफुपनि सो विद्यालयमा पढेको बताउदै विद्यार्थीलाई खेल र पढाई दुबैलाई अगाडी बढाउनु पर्ने बताए ।
विद्यालयका खेल प्रशिक्षक शुसिल केसीले विद्यालयको आफ्नै खेल मैदान भएका कारण खेलमा रुचि भएका विद्यार्थीहरु पनि धेरै नै भएको बताए । कक्षा १ देखी १२ सम्म पढाइ हुने बाराही माविमा ८ सय ५५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।


पोखरा-क्याराभान गोल्डकपबाट सहाराले गोल्डकपको बामे सार्न थालेको २५ वर्ष पुरा गर्ने क्रममा पहिलो पटक सहाराले पाहुना टोलीलाई उदघाटन खेलमा सत्कार गर्ने तयारी गरेको छ । आईतबार सार्वजनिक गरिएको खेल तालिका अनुसार क्लबले पहिलो पटक विदेशी टोलीसँग उदघाटन खेल्दै…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…