
पोखरा-पोखरा महानगरपालिका वडा नम्बर ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको जगदम्बा प्रतिष्ठानले छात्राका लागि १५ सेट क्रिकेट जर्सी विद्यालयलाई हस्तान्तरण गरेको हो ।
जर्सी लिँदै बाराही माविका प्रधानाध्यापक शिव भण्डारीले विद्यार्थीलाई पढाइ सगँसगै खेल क्षेत्रमा पनि विद्यार्थीलाई हौसला दिने गरेको बताए । उनले जर्सी सहयोगले विद्यार्थीको खेल क्षेत्रमा पनि उत्साह बढ्ने बताए ।
जर्सी हस्तान्तरण गर्दै जगदम्वा प्रतिष्ठानका अध्यक्ष (जगदम्वा टुर्स एण्ड ट्राभल्सका संचालक) केशव प्रसाद अधिकारीले अहिले पठाइ सगँ सगै चौतर्फिक ज्ञान आवश्यक पर्ने बताए । उनले खेलबाट पनि विद्यार्थीले केही न केही सिकाइ हुने बताए । उनले आफुपनि सो विद्यालयमा पढेको बताउदै विद्यार्थीलाई खेल र पढाई दुबैलाई अगाडी बढाउनु पर्ने बताए ।
विद्यालयका खेल प्रशिक्षक शुसिल केसीले विद्यालयको आफ्नै खेल मैदान भएका कारण खेलमा रुचि भएका विद्यार्थीहरु पनि धेरै नै भएको बताए । कक्षा १ देखी १२ सम्म पढाइ हुने बाराही माविमा ८ सय ५५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…