
पोखरा-गण्डकी प्रदेशस्तरीय फुल कन्टयाक्ट कराँते प्रतियोगितामा खुला तौल समूहमाा कास्कीका शिव भुजेल स्वर्ण पदक जितेका छन् । गोरखाका कुमार रोका दोस्रो भए । यसैगरी ६० केजी तौल समूहको पुरुष तर्फ स्याङजाका सन्जयकुमार गुप्ताले स्वर्ण पदक जित्दा पवर्तका धिरज परियार भने दोस्रो स्थानमा रहे ।
५५ केजी तौल समूहमा पर्वतका रोशन गोतामे प्रथम, स्याङजाका निरज राना दोस्रो भए । त्यस्तै ५० केजी तौल समूहमा कास्कीका अनिष बुढामगरले स्वर्ण पदक जिते । कास्कीका साजन नेपाली भने दोस्रो स्थानमा रहे । ४५ केजी तौल समूहको प्रतिस्पर्धामा कास्कीका रविन गौतम प्रथम हुदाँ गोरखाका राधेश्याम यादव दोस्रो स्थानमा चित्त बुझाए ।
महिला ५५ केजी तौल तर्फ स्याङजाकी विनिता घर्तीमगरले स्वर्ण जित्दा म्याग्दीकी सर्वदा पौडेलले रजत पदक जित्न सफल भईन् । ५० केजी तौलको प्रतिस्पर्धामा कास्कीकी मेनुका अधिकारीले स्वर्ण जितिन् । ४५ केजी तौलमा स्याङजाकी दिपकला सार्कीले स्वर्ण पदक आफनो नाममा लेखाईन् । ४० केजी तौलमा कास्कीकी अनुष्का विकले स्वर्ण जितिन् ।प्रतियोगितामा महिला तर्फ सुपर्णा थापामगर र पुरुष तर्फ रोहित गोतामे उत्ृकृष्ट फाईटर घोषित भए ।
उनीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ, फुल कन्ट्याक्ट कराँतेका गण्डकी प्रदेशका अध्यक्ष लक्ष्मण कुँवर, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, फुल कन्ट्याक्ट कराँते कास्कीका संस्थापक शिव गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा सञ्चालन गरिएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…