
पोखरा-पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबारदेखि शुरु भएको एक दिवसीय वाई वाई यु १९ क्रिकेट प्रतियोगितामा कास्कीले विजयी शुरुवात गरेको छ । कास्कीले पर्वतलाई ८ विकेटले पराजित गर्दै सुखद शुरुवात गर्यो ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिता मा टस जितेर व्याटिङ गरेको पर्वतले ६८ रन बनाउँदा सबै विकेट गुमायो । केवल १२ ओभर ५ बल खेलेको पर्वतलाई सस्तैमा समेटन् नितेश गिरीको बलिङ महत्वपूर्ण रह्यो । गिरीले ९ ओभरमा ६ मेडन राखे । केवल १० रन खर्चिएर ३ विकेट लिए । त्यस्तै विमोचन सापकोटाले पनि ७ ओभरमा १ मेडन राख्दै ३ विकेट आफनो नाममा राखे । किरण पौडेलले सस्तैमा पवेलियन फर्किएको पर्वतको इनिङ सम्हाल्दै २९ रनको योगदान गरे । उनले ७० बल खेल्दै ३ चौका हिर्काए । ओपनर सन्देश खड्का ११ रनमा खेलिरहँदा नितेश गिरीको बलमा आउट भए । त्यस्तै अर्का ओपनर अभिराज पटेल पपिन ११ रनमै आउट भए ।
सचिन गिरी, सरोजबहादुर खत्री र दिक्सन थापा मगर शून्यमै आउट भएपछि पर्वत धरासायी बन्न पुग्यो । सातौं नम्बरमा आएका पौडेलले इनिङ सम्हाल्दै २९ रनको रापी खेले । अन्य व्याटरको पोखरा क्रिकेट मैदानमा प्रभाव देखिएन् ।
६९ रनको लक्ष्य पछ्याएको कास्कीले सोहेल कुँवरको अभिजित २३ को महत्वपूर्ण योगदानमा केवल १२ ओभर ५ बल २ विकेटको क्षतिमा पुरा गर्यो । सफल श्रेष्ठ ७ रनमा आउट भए । त्यस्तै रोहित चन्द पनि ११ रनमा आउटभएपछि दबावमा देखिएको कास्कीलाई ओपनर सोहेलले सम्हालेका थिए । कुँवरलाई ७ रनमा सिब्रिन श्रेष्ठले साथ दिएका थिए । व्याटरको व्याटबाट ४८ रन बन्दा बाँकी विजयी रन भने अतिरिक्त प्राप्त भएको थियो । खेलमा प्लेयर अफ दि म्याचको पुरस्कार कास्कीका नितेश गिरीले पाए । मंगलबारको खेल पर्वत र तनहुँ बीच हुने छ । एकदिवसीय प्रतियोगितामा कास्की, नवलपुर, स्याङ जा, बाग्लुङ, पर्वत र तनहुँले प्रतिस्पर्धा गर्ने छन् ।