
पोखरा-देवकुमार पासवानको ९-०-१५-४ को स्पेल र वन्स क्षत्रीको अविजित २१ को महत्वपूर्ण योगदानमा गरेपछि तनहुँले एकदिवसीय क्रिकेट प्रतियोगितामा पर्वतमाथि ९ विकेटको फराकिलो जित निकालेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा सञ्चालित वाइवाई यु १९ छनोट क्रिकेट प्रतयोगिता अन्तर्गत मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा पर्वतले दिएको ७७ रनको लक्ष्यलाई तनहँुले १ विकेटको क्षतिमा पुरा गर्यो ।
टस हारेर व्याटिङको निम्तो पाएको पर्वतले ७६ रनको योगफल तयार पार्यो । ५६ रन व्याटरबाट निस्किदा २३ रन अतिरिक्त थपियो । चार व्याटर शून्यमै पवेलियन फकिएको पर्वतको दुई हारसँगै प्रतियोगिताबाट समेत बाहिरिन पुग्यो । खेमबहादुर नेपाली पासवानको बलमा ७ रन बनाएर खेल्ने क्रममा क्याच भएपछि पर्वतको विकेट पतन शुरु हुन पुग्यो । पासवानले नै दोस्रो विकेट लिने क्रममा सन्देश खड्कालाई १२ रनमा एलबीडब्लु धरापमा पारे । तेस्रो विकेट पनि उनकै नाममा रह्यो । उनले १२ रन बनाई खेलेको अभिराज पटेललाई पवेलियनको बाटो देखाए । सरोजबहादुर खत्री पनि पासवानकै बलमा बोल्ड भएपछि शीर्ष चार व्याटरको विकेट पासवानको नाममा रह्यो । उनले प्लेयर अफ दि म्याच समेत घोषित भए । वन्स क्षत्री र सोनित्य बन्जाराले समान दई दुई विकेट लिए ।
७७ रनको लक्ष्य पछ्याएको तनुहँले इसान श्रेष्ठको अविजित १८ र वन्स क्षत्रीको २१ रनको योगदानमा पर्वतमाथि सहज जित निकाल्यो । ओपनर श्रेष्ठले ५३ बल खेल्दै २ चौकासहित १८ रनमा नटआउट रहे । अर्का ओपनर सुप्रिम सुनारले २५ रन बनाई जितको आधार तयार पारिदिए । उनी २७ बल खेल्ने क्रममा ३ चौका हिर्काए । उनलाई सफल सुवेदीले रनआउट गरेका थिए । १८.१ ओभर खेल्दै जित निकालेको तनहुँले अब कास्कीसँग प्रतिस्पर्धाृ गर्ने छ । विजेता समुह विजेता बन्ने छ । प्लेयर अफ दि म्याच पासवानलाई प्रादेशिक क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…