
पोखरा-बाग्लुङमाथि ९३ रनको जित निकाल्दै स्याङजा पोखरामा आयोजित वाइ वाई यु १९ प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा सुखद शुरुवात गरेको छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा बिहीबार भएको प्रतिस्पर्धामा टस हारेर व्याटिङको निम्तो पाएको स्याङजाले ४२। ओाभरमा सबै विकेट गुमाउँदै १६० रनको योगफल तयार पार्यो । सातौं नम्बरमा आएका किरण भट्टराईले ६४ बल खैल्दै ४९ रनको महत्वपूर्ण इनिङ खेले । ओपनर अनिस ताम्राकारले ९ र करण पंगेनीले ३० रन बनाए । तेस्रो नम्बरमा आएका व्याटर कृष्ण खड्का शून्यमै आउट भए । एकपछि अर्को गरी विकेट गुमाएपछि धरासायी बन्दै गएको स्याङजालाई भट्टराईले सम्हाले । उनीसँगै विपिनराज न्यौपानेले २१ रनको योगदानमा स्याङजाले प्रतिस्पर्धात्मक लक्ष्य तयार गर्यो ।
बाग्लुङका अश्विन थापाले ४ विकेट लिए । रुपेश थापाले ५.१-१-१८-२ को स्पेल राखे । पुष्कर रिजाल र दिपेश कुँवरले पनि समान २ विकेट आफनो नाममा लेखाए ।
१६१ रनको लक्ष्य पछ्याएको बाग्लुङ भने ६७ रनमै समेटियो । किरण भट्टराईले ७ ओभरमा १४ रन दिएर ६ विकेट लिएपछि बाग्लुङ सस्तैमा समेटिन पुग्यो । ओपनर चन्द्रदिप यादवले राम्रो शुरुवात दिलाउने क्रममा २३ रन बनाए । १ छक्का र चार चौका हिर्काउँदै राम्रो शुरुवात गरेपछि अर्का ओपनर पुष्कर रिजाल ८ रनमै आउट भएपछि बाग्लुङको विकेट पतन शुरु भएको थियो ।
चौथो, पाँचौ र छैटौं नम्बरमा आएका व्याटर शून्यमै आउट भए । सातौं नम्बरमा आएका अश्विन थापाले १७ रनको योगदान गरे । स्याङजाका प्रकाश खनालले २ विकेट लिए । खेलमा प्लेयर अफ दि म्याचको पुरस्कार किरण भट्टराई बने ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…