
पोखरा-भोलि विहीबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु हुदैै छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा लिगकम नकाउटमा एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु हुने छ । उदघाटन खेल सांग्रिला क्रिकेट क्लबले लेकसाईड क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा नयाँ क्लब समेत दर्ता गरिएको छ । लेकसाईड क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी स्पोर्टस क्रिकेट क्लब संघमा नयाँ क्लबको रुपमा दर्ता भएका हुन् । नयाँ दर्ता भएसँगै ती क्लबहरुले पहिलो पटक एकदिवसीय क्रिकेट प्रतियोगिता सहभागिता जनाएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए ।
प्रतियोगितामा पोखरा क्रिकेट क्लब, राईजिङ क्रिकेट क्लब, माछापुच्छ्रे क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब भने पुरानै हुन् । संघले प्रतियोगिताकै लागि नयाँ क्लब दर्ताको लागि आह्वान गरेपछि नयाँ तीन क्लब दर्ता भएका हुन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…