
पोखरा-भोलि विहीबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु हुदैै छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा लिगकम नकाउटमा एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु हुने छ । उदघाटन खेल सांग्रिला क्रिकेट क्लबले लेकसाईड क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा नयाँ क्लब समेत दर्ता गरिएको छ । लेकसाईड क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी स्पोर्टस क्रिकेट क्लब संघमा नयाँ क्लबको रुपमा दर्ता भएका हुन् । नयाँ दर्ता भएसँगै ती क्लबहरुले पहिलो पटक एकदिवसीय क्रिकेट प्रतियोगिता सहभागिता जनाएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए ।
प्रतियोगितामा पोखरा क्रिकेट क्लब, राईजिङ क्रिकेट क्लब, माछापुच्छ्रे क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब भने पुरानै हुन् । संघले प्रतियोगिताकै लागि नयाँ क्लब दर्ताको लागि आह्वान गरेपछि नयाँ तीन क्लब दर्ता भएका हुन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…