
पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा अरण्यज्योति त्रिकेट क्लबले गण्डकी स्पोर्टस क्रिकेट क्लबलाई ७६ रनले पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा मगलबार भएको प्रतिस्पर्धामाओपनर सुलभ सुवेदीले ४० रनको महत्वपूर्ण योगदान गरेपछि टस हार्दै व्याटि ङ गरेको अरण्यज्योतिले १५५ रनको योगफल तयार पार्यो ।
अन्य व्याटर सस्तैमा पवेलियन फर्किदाँ उनको ठोस इनिङ रह्यो । चौथो नम्बरमा आएका प्रविन पौडेलले २३ रन बनाई आउट भए । पाँचौ नम्बरमा प्रदीप पौडेलले पनि आफनो इनिङ मा २० रन बनाउँदै क्लबको स्कोरलाई उकास्ने प्रयास गरे । टस जितेको गण्डकीले अरण्यज्योतिलाई ३९ ओभरमा अलआउट गरेको थियो ।
सिद्धान्त गिरीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै अजय राम र सुमन अधिकारीले समान २ विकेट आफनो नाममा लेखाए ।१५६ रनको लक्ष्य पछ्याएको गण्डकी भने ७९ रनमै समेटिदाँ अरण्यज्योतिमा सोमबहादुर थापाको बलिङमा टिक्नै सकेनन् । ओपनर सिद्धान्त गिरीले सर्वाधिक २२ रन बनाई टोलीलाई राम्राृे शुरुवात दिलाउने प्रयास गरेपनि विवेक गिरी २ रनमै आउट भएपछि दवावमा पर्यो ।
नवौं नम्बरमा आएका अजय रामले १९ रन जोडे । अन्य व्याटर भने सस्तै फर्किए । अरण्यज्योतिमा बलर थापाले ५ ओभरमा दुईमेडन राख्दै १५ रनमा ४ विकेट लिए । त्यस्तै प्रविन पौडेलले पनि ५ ओभरमा २ मेडन सहित १५ रन खर्चेर ३ विकेट लिएपछि गण्डकी सस्तैमा समेटिन पुगेको थियो । प्रविन प्लेयर अफ दि म्याच घोषित भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…