
पोखरा-पोखरा क्रिकेट क्लबले साविक विजेता सांग्रिलाा क्रिकेट क्लबलाई ११ रनले पराजित गर्दै क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । झिनो लक्ष्य पछ्याएको सांग्रिला एक समय जितको नजिक पुगेको थियो । तर पोखरा क्रिकेट क्लबका बलर सामु निरिह बनेपछि जितको मुखबाट विमुख हुदैं हार स्वीकार्न पुग्यो ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भईरहेको अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियसिप २०८१’ को बुधबारको खेलमा ८१ रनको विजयी लक्ष्य पाएको सांग्रिला १३.५ ओभरमा ६९ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाका लागि सिब्रिन श्रेष्ठले ३५ रनको उत्कृष्ट पारी खेलेपनि उनको विकेट पतनसँगै टोली संकटमा परेको थियो । उनले ३४ बलमा ६ चौका र १ छक्काको मद्धतमा ३५ रन बनाएका थिए । उनी बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । ओपनर मेघनाथ खनाल १, राकेश गुप्ता ५, अरुण अधिकारी ४, सनम बुढा १ रनमा आउट भए भने, सुदिप पौडेल, विराट दवाडी, सुमिट शेरचन, सागर बस्याल र भुवन रेग्मी शुन्यमै पेभिलियन फर्किए ।
पोखराका लागि सुवास भण्डारीले ७ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । देव साहले ५.५ ओभरमा ३१ रन खर्चदै ४ र अनिश खड्काले १ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पोखरा २७.१ ओभरमा ८० रन बनाउँदा अलआउट हुन पुग्यो । पोखराका लागि ओपनर मुस्कान थापाले १८ रन बनाए । अर्जुन बुढाथोकी १, मनिष भण्डारी ७, सुवासभण्डारी १२, रोशन पौडेल ११, अनिष खड्का ८, रोहन चन्द २, अमन सुवेदी ४ रनमा आउट भउ भने देव शाह र सागर भुजेल शुन्यमै पेभिलियन फर्किए । सांग्रिलाका लागि भुवन रेग्मीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सिबृन श्रेष्ठ र सुदिप पौडेलले २÷२ तथा सुनम बुढा, सागर बस्याल र सुमित शेरचनले १÷१ विकेट लिए । जितसँगै पोखराको कुल ४ अंक रह्यो । सांग्रिला र यस अघि नै बाहिरिएको लेकसाइडको १÷१ अंक रहेको छ ।


कास्की –आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल…
पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा…