शंकरमान उदासको निधन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १५ गते २०८१ मा प्रकाशित


पोखरा -पोखरामा जिमको ब्यवसायिक शुरुवात गरेका शंकरमान उदासको निधन भएको छ। उनको ६२बर्षको उमेरमा निधन भएको हो। गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो।

उनको निधनले शारिरिक सुगठन खेलमा अपुर्णिय क्षतिभएको छ।उनले पोखरामा जिमको ब्यवसायिक शुरुवात गरेका हुन्। पोखरा व्यायामशालामा जिमका सामान राखेर शुरु गरे।त्यसपछि उनले रत्नश्री जिमबाट ब्यबसायिक रूपमा जिनको थालनी गरेका हुन्।

उदास शारीरिक सुगठनका अन्तराष्ट्रिय निर्णायक समेत हुन् । फोक्सो, कलेजो र आमासयमा समस्याको कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारको क्रममा निधन भएको हो । उनको तुलसीघाटमा अन्त्यष्टि गरिएको थियो । छोराले दागबत्ती दिएका थिए । उनका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।

थप समाचार तलको लिंकमा

जिमको जग बसालेका शंकर