
पोखरा-मोसेस कुमाल र विनिता घर्तीमगर २४ औं माछापुच्छ्रे फुलकन्ट्याक्ट कराँते च्याम्पियन बनेका छन् । क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा ढुंगेसाँघुको मेलामा आयोजित प्रतियोगितामा मोसेसले म्याग्दीका जलन पुनलाई पराजित गर्दै च्याम्पियन बने । उता विनिता घर्तीमगरले म्याग्दीकै दिक्षा रानामगरलाई हराउँदै ट्रफी उचालिन् ।
४० केजी पुरुष तर्फ कास्कीका सत्कार प्रतेल, कास्कीका सयम कुमाल दोस्रो हुदाँ सर्लाहीका प्रेम साह र बाग्लुङका रक्यान मगर तेस्रो स्थानमा रहे । ४५ केजी तौल समूहमा जनकपुरका अरमान साफीले स्वर्ण पदक जित्दा कास्कीका रिजन मगरले रजत र बाग्लुङका असिम सारुमगर तथा सर्लाहीका समीर भुजेलले कास्य पदक प्राप्त गरे । ५० केजी तौल समूहमा सर्लाहीका रेशम दर्लामी मगरले स्वर्ण,जनकपुरका मोहम्मद अफताफ खानले रजत र कास्कीका रविन गौतम तथा काठमाडौंका राज भुजेलले कास्य पदक जिते ।

५५ केजी तौल समूहमा सर्लाहीका सविन वाईबाले स्वर्ण, बाग्लुङका नारायण विकले रजत र पर्साका ओमप्रकाश चौधरी तथा कास्कीका साजन नेपालीले कास्यक पदक जिते । महिला तर्फ ४० केजी तौल समूहको प्रतिस्पर्धामा कास्कीकी अनुष्का विकले स्वर्ण, सर्लाहीकी रश्मी चौधरीले रजत र बाग्लुङकी ईरप्सा छन्त्याल तथा सर्लाहीकी आकृति चौधरीले कास्य पदक जितेका छन् ।

४५ केजी तौल समूहमा कास्कीकी ध्वजकुमारी नेपालीले स्वर्ण पदक जितिन् । सर्लाहीका आकृति विकले रजत तथा कास्कीकी तृप्ती चापागाँई र पर्साकी आस्था चौधरले कास्य पदक जिते । ५० केजी तौल समूहको प्रतिस्पर्धामा सर्लाहीकी भावना बुढाथोकले स्वर्ण पदक जितिन् । त्यस्तै सर्लाहीकी आयुषा विकले रजत र कास्कीकी तृषा गुरुङ र साया गुरुङ ले कास्य पदक जिते । उत्कृष्ट खेलाडी पुरुष तर्फ सविन बाईबा र महिला तर्फ विनिता घर्तीमगर घोषित भए । विजेता खेलाडीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले पुरस्कार प्रदान गरेका थिए ।