
पोखरा-माछापुच्छ्रे क्रिकेट क्लबले दोस्रो जित निकाल्ने क्रममा बिहीबार लेकसाईड क्रिकेट क्लबलाई ७६ रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना सञ्चालित कास्की जिल्ला टी—२० क्रिकेट लिग अन्तर्गत बिहीबार टस जितेर व्याटिङ रोजेको माछापुच्छ«े क्रिकेटले १७५ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो । ओपनर मनोज कोईरालाईले पहिलो विकेट गुमाएपछि इनिङ सम्हाल्दै ३२ बलमा ६१ रनको पारी खेले । उनले १० चौका र एक छक्का प्रहार गरे ।
सुमित श्रेष्ठले २२ रन बनाईआउट हुदाँ प्रमोद बास्तोलाले भने १८ रनको योगदान दिए । गोरे जी.टीले १७ रन बनाएका थिए । बलर हरिशंकर तिवारीले ४ विकेट लिए । १७६ रनको लक्ष्य पछ्याएको लेकसाईड क्रिकेट क्लब भने ८६ रनमा अलआउट हुन पुग्यो । अभिषेक थापाले ३ ओभरमा एक मेडन राख्दै ३ रन दिएर चार विकेट लिएपछि लेकसाईड धरासायी बन्यो । भोला यादवले २९ र रवि गुरुङले २१ रन बनाए । अन्य व्याटरले भने दोहोरो अंकको रन जोड्न सकेनन् । खेलमा प्लेयर अफ दि म्याच अभिषेक थापा भए ।
त्यसैगरी दोस्रो खेलमा राईजिङ क्रिकेट क्लबले लेखनाथ क्रिकेट क्लबलाई १६३ रनले पराजित गरेको छ । अनिल गुरुङको अविजित ९२ रनको सहयोगमा २०८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । निर्मल शाहीले २२ रन बनाए । अनिल तेस्रो नम्बमा आउँदै अनिलले ९२ रन बनाउन ५२ बल खेले । उनले १२ चौका र ४ छक्का प्रहार गरे । अर्का व्याटर कृष्ण पौडेलले ५९ रनको इनिङ खेले । २७ बलमा ३ चौका ६ छक्का प्रहार गरे ।
विशाल लक्ष्य पछ्याएको लेखनाथ त्रिकेट क्लब भने ४५ रनमा समेटियो । विकल बरालले १२ रन बाहेक अन्य व्याटरले दोहोरो अंकको रन स्कोर कार्डमा लेखिएन् । अनिष रावतले ३ विकेट लिए । खेलमा अनिल प्लेयर अफ दि म्याच घोषित भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…