
पोखरा-सहारा क्लबले आफनो एकेडेमीबाट उत्पादित खेलाडीहरुलाई ललितपुरको ब्रिगेड ब्वाईजलाई हस्तान्तरण गरेको छ । आफना छ खेलाडीलाई आहा रारा गोल्डकपको दौरानमा ब्रिगेड ब्वाईजलाई सम्झौता गर्दै हस्तान्तरण गरेको हो । सम्झौतासँगै एकेडेमीका छ खेलाडीले ब्रिगेड ब्वाईजबाट बी डिभिजन लिग खेल्ने छन् ।
एकेडेमीका तेस्रो व्याचका विशाल नेपाली, मुकुन्द निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई क्लबका अध्यक्ष केशवराज बराले ब्रिगेड ब्वाईजका विक्रम लामालाई हस्तान्तरण गरेका हुन् । सम्झौता पत्रको बारेमा भने सहारा क्लबले कुनै जानकारी दिएन् । खेलाडीलाई सेवा सुविधाको विषयमा भने मौन रहेको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…